प्रधानमन्त्री ओलीले भने जनतालाई दुःख दिन गरिएको धर्नालाई अब सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको बताएका छन् । तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा सोमबार राजधानीमा आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यस बाटामा आउन आग्रह गरे । ‘
सार्वभौमसत्ता सम्पन्न संविधानसभाका ९२ प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानविरुद्ध पुनर्लेखनको आन्दोलन गर्नु नेपालको विरुद्ध भयानक षड्यन्त्र हो । पुनर्लेखनको अधिकार यो संसद्लाई छैन, जायज माग छ भने वार्ताबाट संशोधन हुन्छ ।’ ‘नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटी जिद्दी गर्ने ? सिंहदरबार अगाडि ट्राफिक जाम हुने गरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।’
 आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गरे । उनले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताए । चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्भेक्षण गर्न खोज्दा पनि विरोध भएको उल्लेख गर्दै उनले अहिले आफूले केरूङ–काठमाडौँ रेल ल्याएरै छाड्ने घोषणा गरे । 
कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यका साथ अघि बढेको बताए । अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताए । सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवाद सहितको आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

, ,

0 comments

Write Down Your Responses