६९ जान यात्रु बोकेको इजिप्ट एयरको विमान बेपता खोजी तथा उद्धार कार्य सुरु पुरा पढ्नुस
काठमाडौं, ६ जेठ । फ्रान्सको पेरिसबाट इजिप्टको कायरोका लागि उडेको एक इजिप्ट एयरको विमान हराएको छ ।
इजिप्टेली वायुसेवाका अनुसार उडान एमएस ८०४ मा १० जना चालक दलका सदस्य र ५९ यात्रु रहेका छन् । पूर्वी भूमध्यसागर क्षेत्रमाथिबाट हराउनु अघि सो विमान ३७ हजार फिटको उचाइमा उडिरहेको बताइएको छ ।
एक अधिकारीका अनुसार कायरोको स्थानीय समय अनुसार ०२ः४५ बजेबाट सो विमानको रेडारसँगको सम्पर्क विच्छेद हुन पुगेको थियो ।
सो विमान स्थानीय समयअनुसार विहान ३ बजेतिर कायरोमा अवतरण गर्नुपर्ने थियो ।
इजिप्टेली वायुसेवाले थप जानकारी पाए लगत्तै विमानको अवस्थाबारे जानकारी गराइने बताएको छ ।
सो विमान इजिप्टको करिब १० माइल हवाइ क्षेत्रभित्र प्रवेश गरेलगत्तै हराएको थियो । विमान हराएलगत्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको जनाइएको छ ।
विश्वभर विमानको अवस्थितिबारे जानकारी दिने फ्लाइटरेडार२४ डट कम वेबसाइटका अनुसार सो विमान एअरबस ३२० हो ।


0 comments
Write Down Your Responses