अब आयो वैदेशिक रोजगारीमा गएका र जानेका लागि अहिलेसम्मकै गज्जवको र खुसीको खबर पुरा पढ्नुहोस
काठमाण्डु, ५ जेठ– सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ एनआरएन, द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले सार्वजनिकीकरण गरे ।
एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क तथा लिखित सामग्री संलग्न छन् ।
वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई विदेशको यात्रा, कामको अवधि सुरक्षित बनाउन सहयोग गर्ने सामग्रीसमेत एपमा छन् ।
एपमा कामदारको अधिकार, श्रम स्वीकृति, निवेदन प्रक्रिया, विदेशमा काम गर्दा गर्न हुने र नहुने कार्य तथा महिला कामदारप्रति लक्षित सामग्री समावेश छ ।
हाललाई नेपाली सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका मुलुक कतार, मलेसिया र साउदी अरबकाबारेमा विस्तृत जानकारीसमेत एपमा समावेश गरिएको छ ।
मन्त्री बोहराले एपले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले सबै नेपालीको हातमा एन्ड्रोइड मोबाइलको पहँुच नपुगेको वर्तमान अवस्थामा यो एपको प्रयोगलाई अझ कसरी सरलीकृत गर्ने भन्नेमा ध्यान दिन सुझाव दिए ।
एनआरएनका अध्यक्ष घलेले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका सन्दर्भमा त्यसलाई सुरक्षित बनाउन एप सहयोगी हुने बताए।


0 comments
Write Down Your Responses