के तपाईहरुलाई थाहा छ ? सुनको गहना लगाउनुका यी ५ फाइदाहरु जनिराख्नुस

काठमाण्डौं, ३१ वैशाख ; गहना भन्नेवित्तिकै महिलाहरु हुरुक्कै हुन्छन् । विभिन्न पर्व त्यौहारमा महिलाहरु गहना लगाउने गर्छन । प्रायजसो आफुलाई सुन्दर देखाउन गंहनाको प्रयोग हुँदै आएको छ । नारीहरुको पहिचान सौन्दर्यतामा हुने भएकाले पनि महिलाहरु गहना लगाउन मन पराउँछन् । 
तर सबैलाई थाहा नहुनसक्छ, गहनाले शरीरको शोभामात्र बढाउँदैन स्वस्थ पनि राख्छ । जानी राखौं, गहना लगाउनाले हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु यस्ता छन् ः – सुनका गहनाले विभिन्न प्रकारका संक्रमणबाट टाढा राख्न मद्दत गर्छ । 
 सुनका गहना लगाउँदा शरीरमा उर्जा प्राप्त हुने हाम्रो परम्परागत मान्यता पनि रहिआएको छ । गहनाले रक्तसञ्चारलाई सहि बनाउनुका साथै मृत कोषिका पनि हटाउन मद्दत गर्छ । – सुनका गहना लगाउनाले चिसोमा शरीरलाई न्यानो र गर्मीमा शितल राख्न निकै मद्दत गर्छ । मौसम अनुकुल तापमानलाई नियन्त्रित गर्ने काम गर्दछ । – महिलाहरु उमेर बढेसंगै गहना लगाउन कम गर्दै जान्छन् । जसका कारण महिलाहरुमा अर्थराइटिसको समस्या देखिन थाल्छ । 
त्यसैले अर्थराइटिसको समस्याबाट छुट्कारा पाउन सुनका गहना निकै फाइदाजनक मानिन्छ । – प्राचिनकाल देखि नै मानसिक शान्तिका लागि महिलाहरु सुनको गहना प्रयोग गर्ने गरेको पाइन्छ । सुनमा तनाव कम गर्ने तत्वहरु हुने भएकाले शरीरलाई आराम पनि दिन्छ । – सुनका गहना लगाउनाले रक्तसञ्चारलाई बढाउनुका साथै शरीरमा ठिक ढँगले अक्सिजनको आपूर्ति हुन्छ । त्यसैले सुनका गहना लगाउँदा अनेकौं प्रकारका रोगहरुबाट बच्न सकिन्छ । –एजेन्सीको सहयोगमा

, ,

0 comments

Write Down Your Responses