सुत्नेबेला घुर्ने समस्या छ भने यी हुन अचुक घरेलु उपायहरु प्रयोग गर्नुस बानी हट्छन पुरा पढ्नुस

घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । यसको सिधा सम्बन्ध मुटुसम्बन्धी समस्याहरुसंग हुन्छ। यसैले घुराईको बढी समस्या छ भने तत्काल डाक्टरको मद्धत लिइहाल्नुपर्छ । 
यद्यपि घुराईलाई घरेलु उपायको मद्धतले पनि हटाउन सकिन्छ । १. बेसारको प्रयोग : बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको समस्या समाधानमा सहयोग मिल्छ । २. ओलिभ आयलको प्रयोग : यसमा भरपूरमात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले श्वासनतन्त्रको प्रक्रिया सुचारु बनाउन सहयोग गर्छ । साथै यसले दुखाईलाई पनि कम गर्छ ।
 सानो चम्चाको आधा चम्चा ओलिभआयलमा समान रुपमा मह मिसाएर सुत्नुअघि नियमित सेवन गर्नुपर्छ । घाँटीमा कम्पन कम गर्न र घुराई रोक्नका लागि नियमित यो उपाय अपनाउनुपर्छ । ३. अलैचीको सेवन : अलैंचीले चिसोबाट लागेको खोकी निको पार्न सहयोग गर्छ ।
 यसले श्वासनतन्त्र खोल्छ, जसबाट श्वास राम्रोसंग लिन सकिन्छ । राती सुत्नुअघि अलैंचीका केही दानामा मनतातो पानी मिलाएर पिउनाले समस्यामा राहत प्राप्त हुन्छ । सुत्नुअघि कम्तीमा पनि आधा घण्टा अघि यस्तो पानी पिउनुपर्छ । ४. पुदिनाको तेल : पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।
 ५. लसुनको प्रयोग : लसुनले नाकको मार्गमा सिंगानको निर्माण र श्वास प्रश्वास प्रणालीमा सुन्निने प्रक्रिया कम गर्न मद्दत गर्छ । यदि साइनस अवरोधका कारण घुराई भएको हो भने लसुनले पनि राहतको काम गर्छ । लसुनमा निको पार्ने गुण हुन्छ, जसले ब्लकेजलाई सफा गर्नुका साथै श्वासनतन्त्रलाई पनि राम्रो बनाउछ । राम्रो र आरामदायी निन्द्राका लागि लसुनको प्रयोग फाइदाकारी हुन्छ । एक या दुई पोटी लसुन सुत्नुअघि पानीका साथ खानुहोस्, यसले घुराईबाट राहत दिन्छ

, , , ,

0 comments

Write Down Your Responses