हेल्मेट लगाउँदा कपाल किन झर्छ यी कुरामा ध्यान दिनुहोस् अनि मात्र तपाइको कपाल झर्छ बाट रोकिन्छ यी उपायहरु प्रयोग गर्नुस
एजेन्सी, मोटरसाइकल या साइकल चालकले हेल्मेट लगाउँने गर्छन् । यसले उनीहरुलाई सुरक्षा दिन्छ । तर हेल्मेट लगाउँदा कपाल झर्छ भन्ने मान्यता धेरै मानिसको हुने गरेको छ । तर विज्ञका अनुसार यो केवल भ्रममात्र हो । टोपी, हेल्मेट वा टाउको ढाक्ने कुनै हेल्मेट लगाउँदा कपालको जरासम्म अक्सिजन पुग्दैन भन्ने कतिपय मानिसहरुको भ्रम रहने गरेको छ । तर यो सत्य होइन ।
कपालको जरासम्म अक्सिजन पुग्न बाहिरी हावा चाहिदैंन । कपालले शरीरको रगतबाटै अक्सिजन लिने गर्छ । धेरै कसिलो तरिकाले कपाल बाँध्दा पनि कपालमा एक प्रकाको चोट पर्न सक्छ । कसिलो हेल्मेट लगाउँदा रगतमा प्रवाहमा असर भई कपाल झर्ने चाहि हुन सक्छ ।
तर हेल्मेट वा लगाउने टोपी सधैं सफा हुनुपर्छ । फोहोर हेल्मेट र टोपी लगाउँदा कपालको जरामा संक्रमण हुन्छ ।
जुन कपाल झर्नमा कारण बन्न सक्छ ।
हेल्मेट लगाउँदा यी कुरामा ध्यान दिनुहोस्:
हेल्मेट लगाउँदा वा झिक्दा हतार नगरिकन आरामसँग लगाउने र निकाल्ने गर्नुपर्छ । जोडसँग हेल्मेट निकाल्दा पातलो कपाल चुडिन सक्छ ।
राम्रोसँग सफा गरेर मात्र हेल्मेट वा टोपी लगाउनुपर्छ । फोहोर हेल्मेटले संक्रमण बढाई कपाल झार्छ ।
कपाल झर्नबाट रोक्न रुमाल बाँधेर हेल्मेट लगाउने गर्नुपर्छ ।
तालु खुइलिने कारण:
– कपालको जरा कमजोर हुनु
– शरीरमा पोषक तत्वको कमी
– तनाब वा अत्यधिक चिन्ता
– शिरमा रक्तसञ्चार प्रवाह नहुनु
– महिलामा मासिक धर्म रोकिनु
– तालुमा कुनै संक्रमण हुनु
– गर्भ निरोधक चक्कीको प्रयोग गर्नु
– थाइराइडको बिमारी
– वंशानुगत कारण
तालु खुइलिने लक्षण:
– कपाल पातलो हुँदै जानु
– कपाल छिटो झर्नु
– शिरको मध्यभागमा पातलो हुनु
– हातको नङ रुखो हुनु
कपाल बचाउने अन्य उपाय:
– धेरै स्याम्पुको प्रयोगले कपाललाई नरम बनाउनुको साटो झन् खराब गर्न सक्छ ।
तसर्थ सातामा एकपटक भन्दा बढी स्याम्पुको प्रयोग नगर्ने । बरु विकल्पको रुपमा कन्डिसनर प्रयोग गर्ने ।
– कपाल रुखो छ भने स्याम्पु प्रयोग गरेपछि तत्काल कन्डिसनर लगाउने ।
– नुहाएपछि ओभाउनका लागि कहिल्यै पनि रुमाल वा गम्छाले कपाललाई नलपेट्नुहोस्, बरु कुनै टिसर्टले कपाल निर्चोनुहोस् ।
– नुहाएपछि कपाल सुक्नेबित्तिकै कपाल नबाँध्नुहोस् ।
– सातामा एकपटक कपाललाई तेलले मालिस गर्ने । नरिवल, बदाम, जैतुनको तेलले मालिस गर्दा कपाललाई आवश्यक पर्ने पोषक तत्व प्रदान हुन्छ र कपालको जरा बलियो बनाउन मद्दत गर्छ ।
– दुई–दुई महिनामा कपाल काट्ने ।
ड्यामेज हेयरले अन्य कपाललाई बढ्नबाट रोक्ने गर्छ ।
– आफ्नो कपालले जुन उत्पादन सहन्छ सोही उत्पादन मात्र नियमित प्रयोग गर्ने गर्नुपर्छ ।
(दीहेल्थसाईटडटकम)चिज लगाउनु र कपाल झर्नु या तालु खुइलिनेसँग कुनै सरोकार छैन ।


0 comments
Write Down Your Responses