धुर्मुस सुन्तलीको अभियानमा यसरी खुत्रुके फुटाएर बालिकाले गरिन यस्तो सहयोग
हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।
हाम्रो वास्तविकतामा आधारित रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरुको भनाई छ । भिडियोमा धुर्मुस–सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।


0 comments
Write Down Your Responses