विदेशमा अलपत्र पर्ने नेपालीहरुलाई खुसीको खबर तीन नयाँ मुलुकसँग अब श्रम सम्झौता गरिने
काठमाण्डु, १५ जेठ– सरकारले नयाँ तीन मुलुकहरुसँग श्रम सम्झौता गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।
उनले ओमान, लेबनान र जोर्डनसँग श्रम सम्झौता गर्ने घोषणा गरेका छन् ।
त्यो सँगै अर्थमन्त्रीले विदेशमा अलपत्र रहेका नेपालीहरुको उद्धारका लागि द्रुत उद्धार टोली परिचालन गरिने समेत घोषणा गरे ।


0 comments
Write Down Your Responses