विद्यार्थीलाई रक्सी खुवाएर परिक्षा लिने प्रोफेसर प्रतिबन्धमा कहाँ कुन ठाउमा हेर्नुस पुरा खबर

चीन–चीनमा एक प्रोफेसरले विद्यार्थीहरुलाई विवादास्पद परिक्षा लिएछि उनलाई निलम्बन गरिएको छ । विद्यार्थीहरुसँग अन्तिम परिक्षामा उनले खेलाची गरेका थिए । व्यवहारिक जीवनका लागि विद्यार्थीहरुलाई तयार पार्ने भन्दै उनले उनीहरुलाई चीनको चर्चित रक्सी बाइजु पिउन लगाए ।
 उनीहरुले पिएको परिमाणका आधारमा अंक दिइने ति प्रोफेसरको भनाई थियो । तिमीहरुले ग्राजूयशन सकेपछि सेल्सको जागिर गर्नुपर्छ । त्यसैले बाइजु पिउन तिमीहरुले सिक्नुपर्छ । गु मिंगले विद्यार्थीहरुलाई भनेका थिए । उनले थुप्रै ग्लासहरुमा अल्कोहल राखे र विद्यार्थीहरुलाई पिउन निर्देशन दिए ।
 पुरै ग्लास रक्सी पिउनेले १ सय उनको परिक्षामा १ सय अंक प्राप्त गर्यो । आधा ग्लास पिउनेले ९० अंक र त्यति पनि नपिउनेले ६० अंक पाए । उनका विद्यार्थीमध्ये एकले त्यसपछि सामाजिक सञ्जालमा लेखे : जसले पिउँदैन उ फेल हुन्छ । झट्ट हेर्दा निकै सामान्य जस्तो देखिने यो परिक्षा सबैभन्दा कठीन थियो । बाइजू गहूँबाट बनेको रक्सी हो र यसमा ४० देखी ६० प्रतिशत अल्कोहल हुन्छ । 
गु मिन्गले विद्याथीहरुलाई जसरी पनि यो खुवाउन चाहेका थिए । चीनले यस रक्सीलाई आफ्नो व्यापारको हिस्सा बनाउन खोजेको छ । सामाजिक सञ्जालमा यस परिक्षापछि विद्यार्थीहरुले रक्सीको ग्लास खाली गरेका फोटोहरु छाए । यस प्रकरणपछि गु मिन्गले जागिर गुमएका छन् ।
 अहिले उनको विषयमा सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । केहीले मात्रै विद्यार्थीहरुलाई व्यवहारिक बनाउन खोजेको भन्दै उनीप्रति सहानूभूति राखेका छन् । - See more at: http://www.ratopati.com/news/46943/#sthash.9Fb2gr83.dpuf

, , , ,

0 comments

Write Down Your Responses