जिउमा दाँतले टोकेर गरिने अनौठो दन्ते मसाज केवल सेलिब्रेटीले मात्र पाउँछन् यो सेवा अरुले पाउन सकिन छ कि सकिदैन पुरा खबर पढ्नुस र कहाँ दिईन्छ यो सेवा जनिरखानुस
दुनियामा किसिम किसिमका मसाज उपलब्ध छन् । कतै जिउमा सर्पले मसाज गरिदिने त कतै शंखेकिरा र चिप्ले किराले । अनि कतै हात्तिले कुल्चिन लगाएर मसाज गराउने ।
तर पिठ्युँमा दाँतले टोकेर मसाज गरेको कुरा भने सायद तपाइँले सुन्नुभएको थिएन होला ।
सुन्दैमा सबैभन्दा युनिक तथा अनौठो लाग्ने यो मसाजको नयाँ काइदा पनि आइसकेको रेछ । तर यो मसाज सबै झारेझुरेलाई भने उपलब्ध रहेनछ । केवल ए क्लास सेलिब्रेटीलाई मात्र रहेछ अमेरिकामा ।
अमेरिकाको न्युजर्सीमा बस्ने डाक्टर डर्फ भन्ने डोरोथी स्टीन आफ्नो अनौठो मसाज थेरापीका लागि आजकल चर्चामा छिन् । आफ्नी आमालाई मसाज गर्दागर्दै उनले यो नयाँ मसाज विधिको आविष्कार गरेकी रहेछिन् ।
डोरोथी आफ्ना दाँतले ग्राहकका पिठ्युँमा टोकेर मसाज गरिदिन्छिन् । जसबाट मसाज गराउनेलाई निकै आनन्द मिल्ने दाबी उनकेा छ । कतिपय रकस्टार ग्राहकहरु पिठ्यु मात्र नभएर अगाडिको भागमा पनि दाँते मसाज गर्न लालायित हुने गरेका बताउँछिन् ।
उनका अनुसार सुरु सुरुमा उनी आफैले आफ्नो मनपर्ने रकस्टारसँग भेट्नका लागि यस्तो दाँते मसाजको अफर गर्दथिन् । विस्तारै यो मसाज सेलिब्रेटीहरुबीचमा निकै लोकप्रिय बन्न पुग्यो । उनको दाँते मसाज महंगो छ ।
एकपटक मसाज गरेको १६ हजार रुपैयाँ बराबरको रकम शुल्क तिर्नुपर्छ । उनले साधारण मानिसलाई सेवा दिँदिनन् केवल सेलिब्रेटीको मात्र जिउ टोकिदिन्छिन् ।
२०७३ वैशाख २२ गते ८:११ मा प्रकाशित


0 comments
Write Down Your Responses