हाम्रो टाउकाको मूल्य तोक्ने यी देउवा नै हो म सँगसँगै उहाँपनि जेल जानुपर्ने दिन आउँछ पुरा पढ्नुहोस

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले युद्धकालिन मुद्दालाई अदालती प्रक्रियावाट पुरा गर्न खोजिए कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफुसँगै जेल जानुपर्ने बताएका छन् ।
 बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषय अन्तरक्रिया कार्यक्रममा दाहालले युद्धकालीन समयमा बिद्रोही पक्षको नेतृत्वकर्ता दलको हिसावले आफु र राज्यको तर्फवाट दमन गर्ने नेतृत्वको हिसावले देउवा पनि जेल जानु पर्ने दिन आउने धारणा राखेका हुन । अध्यक्ष दाहालले तत्कालिन सुरक्षा प्रमुखहरु पनि युद्धकालिन पार्टीको एक हिस्सा भएकाले उनीहरु पनि सँगसँगै जेल जाने बताए । 
शेरबहादुरजीले त हाम्रो टाउकाको मूल्य तोक्नु भएको हो, उहाँ राज्यको तर्फवाट युद्धको एउटा पक्ष हो, हामी बिद्रोहीको तर्फवाट अर्को पक्ष हौंड दाहालले भने, ‘जुन दिन युद्धकालिन मुद्दाले म जेल जानुपर्छ, त्यो दिन शेरबहादुरजी पनि सँगसँगै जेल जानु पर्छ ।
 दाहालले बिस्तृत शान्ति सम्झौताको मुलमर्म बिपरित युद्धकालिन मुद्दालाई ब्युँताउने कोशिस भइरहेको भन्दै आपत्ति जनाए। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नजरअन्दाज गरेर अदालती प्रक्रियावाट माओवादी शक्तिहरुलाई फसाउन लागेको पनि आरोप लगाएका छन् । मानव अधिकारको नाऊँमा केही ब्यक्ति बिशेषहरु माओवादीलाई सिध्याउने अभियानमा लागेको जनाउँदै दाहालले तीनको पहिचान गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
 दाहालले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच तत्काल पार्टी एकता हुने भएमा तत्काल सरकारबाट बाहिरिने समेत बताएका छन् । ‘दुई माओवादी एकता हुने हो भने सरकार छोड्नु मेरा लागि कुनै ठूलो कुरा होइन, केही समयअघि झन्डै छाडेको थिएँ, सरकार छोड्नु कुनै आइतबारको कुरा होइन’ उनले भने । अध्यक्ष दाहालले पार्टी एकता हुनका लागि सरकार बाधक हुने भए आफैँले तत्काल सरकार छोड्न तयार रहेको तर बैद्यको मुद्दा सरकारको होइन विचारको मुद्दा भएको बताए ।

, ,

0 comments

Write Down Your Responses