नेपाल प्रहरीका यी जवान जसले हतियारसहित भारत छिरेर नै यसरी अपराधी समाते हेर्नुस भिडियो सहित
जेठ : नेपाल प्रहरीका एक जवानले नेपाल–भारतको सुनौली नाकाबाट भारत प्रवेश गरी लागूऔषध कारोवारी एक अभियुक्तलाई गिरफ्तार गरेर ल्याएका छन् ।
हतियारसहित पोशाकमा भारत प्रवेश गरेका प्रहरीका जवानले आईतवार दिउँसो १ बजेर ३० मिनेटमा सुनौली नाकाबाट भारतमा प्रवेश गरि नशालु पदार्थ बोकेका एक युवकलाई गिरफ्तार गरेर ल्याएको भारतीय पत्रिका हिन्दूस्तान डटकमले जनाएको छ ।
त्यसबेलामा भारतीय एसएसबी र प्रहरी अधिकारीहरुले नेपाल प्रहरीका जवानलाई कुनै रोकटोक गर्न भने सकेनन् ।
सुनौलीमा खटिएका भारतीय सशस्त्र सीमा बल एसएसबी र सीमामा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु हेरेको हेर्यै भए । ती युवकलाई नेपाल प्रहरीका जवानले गिरफ्तार गरेर निर्वाध रुपमा सिधै नेपाल ल्याए ।
यसअघि डोटीमा पाँच जना हतियारसहित र थानकोटमा दुई भारतीय प्रहरीलाई बर्दीमै नेपाल पसेको भन्दै नेपाल प्रहरीले पक्रेर भारतको जिम्मा लगाएको थियो ।
सुनौलीमा आज भएको घटनाको बारेमा भारतीय डीएम (प्रमुख जिल्ला अधिकारी) वीरेन्द्र कुमार सिंह र एसपी (प्रहरी प्रमुख) भारत सिंह यादवले अनुसन्धानपछि कमजोरी गर्ने भारतीय प्रहरीका अधिकारि माथि कारवाहीको प्रक्रिया अगाडी बढाउने बताएको समाचारमा उल्लेख छ ।


0 comments
Write Down Your Responses