अपरहणमा परेका यी केडियाको अवस्था अझै अज्ञात नै पुरा पढ्नुहोस
काठमाडौं, जेठ १६ । विहीबार साँझ महागढीमाई नगरपालिका-१६ पसा खोलाबाट अपरहणमा परेका वीरगंज खाद्य उद्योगका संचालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।
कोडियाको उद्दार गर्न नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीको सहयोगमा बिहीबार मोतीहारी र बेतिया जिल्लाका विभिन्न स्थानमा खोजीतलास भइरहेको जनाएका छन् ।
उनको नेपाल र भारतका विभिन्न स्थानमा खोजतलास भइरहेको छ ।
पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् । भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज्यान लिनेसमेत गरेका छन् ।


0 comments
Write Down Your Responses