यदी तपाईहरुको घामले डढेको छालालाई यसरी प्राकृतिक तरिकाले सुन्दर बनाउनुहोस् जनिराख्नुस थाहापाई राख्नुस

एजेन्सी । गर्मी मौसममा छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । चर्को घाम र हावाको कारण छालामा देखिने समस्याले सबैलाई हैरान पारेको हुन्छ । गर्मी छल्न मानिसहरु स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् ।
 तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घामले डढेको छालालाई पहिलेकै जस्तो अवश्थामा फर्काउन निम्म तरिकाले स्याहार गर्न सकिन्छ । – छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउँदा डढिसकेको छालाको दाग हटाउन मद्धत गर्छ । – घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्ने र नुहाउने गर्नाले पनि डढेको छालालाइ राहत मिल्छ । – जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ । 
– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा ्राखेर छालामा दल्दा पनि छालालाइ राम्रो गर्छ । – चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ । – काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ ।
 – कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउँदा फाइदा पुग्छ । – पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ । – कटनको कपडालाई भिनेगरमा भिजाएर घामले डढेको भागमा लगाउँदा पनि फाइदा पुग्छ । – चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाए घामको असरबाट बच्न सकिन्छ ।

, , , ,

0 comments

Write Down Your Responses