मजदुरहरुले सुरु गरे ट्राफिक विरुद्धको आन्दोलन हेर्नुहोस भिडियो सहित

काठमाडौँः गृहमन्त्री शक्ति बस्नेत तथा गृह प्रवक्ता यादव कोइरालाको निर्देशन विपरित ट्राफिक प्रहरीहरुले सवारी यातायात मजदुरहरुबाट बढी जरिवाना लिएपछि यातायात मजदुर संगठनले आन्दोलनको चेतावनी दिएको छ । 
 शुक्रबार गृहमन्त्री गृहप्रवक्ता र मजदुर संघसंगनबीचमा ट्राफिकले वृद्धि गर्न लागेको जरिवाना शुल्क तत्काललाई स्थगित गर्ने निर्णय गर्दै सोही अनुसार ट्राफिक प्रहरीलाई निर्देशन गरेको थियो । तर सहमति विपरीत शनिबार ट्राफिक प्रहरीले बढी जरिवाना सहित शूल्क असुले पछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चलले भेलाको आयोजना गरी सहमति कार्यान्वयन गर्न आग्र गर्दै ट्राफिक एकाङ्गी ढङ्ले बढे आन्दोलनको चेतावनी दिएको छ ।
 शनिबार बा२ख ११११ नम्बरका बस चालक ओमबहादुर पण्डितबाट दरबार मार्ग ट्राफिक प्रहरीले जारी गरेको नयाँ नियमअनुसार ट्राफिक जवान सन्तबहादुर राउतले पाँच सयको रसिद काटेका थिए । भेलाले अञ्चल अध्यक्ष नवराज घिमिरेको संयोजकत्वमा एक सय एक सदस्यी ट्राफिक विरुद्धको आन्दोलन परिचालन कमिटी गठन गरेको छ । हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चल कमिटी प्रेस विज्ञप्ती गृहमन्त्री शक्ति बस्नेत तथा गृह प्रवक्ता यादव कोईरालाको निर्देशन विपरित जेठ १ गतेदेखि टङाफिक प्रहरीहरुले सवारी यातायात मजदुरहरुबाट १५०० सम्म जरिवाना असुल्ने अराकताप्रति घोर विरोध जनाउदछौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिमार्जनको नाममा सवारी साधनहरुबाट टङाफिक प्रहरीहरुले असुल गर्ने जरिवाना रकम ५००, १००० र १५०० बनाईएकोप्रति समेत हाम्रो संगठनको आपत्ति रहेका अवगत गराउन चाहान्छु । पूर्वाधारको विकास र आम जनताको चेतना अभिवृद्धिमा ध्यानै नपुर्याइ ट्राफिक नियम उलंघनका घटना नियन्त्रणको बहानामा जरिवाना शुल्क बृद्धि गर्ने निर्णय अव्यवहारिक रहेको हाम्रो ठहर रहेकोछ । 
 नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सहित चारवटा संगठन तथा नेपाल यातायात व्यवसायी राष्टिङय महासंघका प्रतिनिधिहरु सहित बैशाख ३१ गते गृहमन्त्रालयमा भएको वार्तामा गृहमन्त्री शक्ति बस्नेत तथा गृह प्रवक्ता यादव कोईरालाले उक्त बृद्धि जरिवाना तत्काललाई स्थगित गर्न टङाफिक प्रहरीका डिआईजी प्रकाश अर्याललाई निर्देशन समेत दिईसकिएको अवस्थामा गृहमन्त्रालयको निर्देशनलाई उलंघन गर्दै जेठ १ गतेबाट संशोधित जरिवाना सहितको पुर्जी जारी गर्नुले टङाफिक प्रहरीहरु निरंकुश बन्दै गईरहेको पाईएको छ । जरिवाना गरेवापत १५ प्रतिशत कमिशनको लोभमा ट्राफिक प्रहरी मात्रैको स्वार्थका कारण लागु गर्न खोजिएको संशोधित नियमहरु यातायात मजदुरहरु मात्र होईन आम जनताको हित विपरित रहेको अवगत गराउन चाहान्छौं र खारेज गर्न जोडदार माग गर्दछौं । 
यदी संगठनहरुको आग्रह, गृह प्रशासनको निर्देशन विपरित टङाफिक प्रहरीहरु एकांकी ढंगबाट अघिबढे त्यसका विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने जानकारी गराउदै निम्नानुसारको आन्दोलन परिचालन कमिटी गठन गरिएको जानकारी गराउदछौं । 
 १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी १.संयोजक : नवराज घिमिरे (९८४१८५३२७१) २. सदस्य: अञ्चल कमिटी २७ ३. सदस्य : जिल्ला अध्यक्षहरु : ९ (काठमाण्डौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रे, दोलखा, रसुवा, सिन्धुपाल्चोक) ४. सदस्य : अञ्चलभरीका ईकाई कमिटीका अध्यक्षहरु: ४८ ५. सदस्य : महिला कमिटीका अध्यक्षहरु: ६ ६. सदस्य : युवा कमिटी : ११ जम्मा: १०१

, , ,

0 comments

Write Down Your Responses