आफ्नो बहिनीको असमायिक निधन भएको खबर सुनेपछि चर्चित स्ट्राइकर विमल घर्तीमगर शुक्रबार स्वदेश फर्कदै

नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राईकर विमल घर्ती मगरको बहिनीको असमायिक निधन भएको छ । बिहीबार विहान बिमलकी बहिनी मनिषा घर्तिमगरको मृत शरीर नवलपरासी बुटाहास्थित आफनै घरमा फेला परेको हो । 
१७ वर्षीया मनिषा घर्ति मगर बुधबार राति घरमा एक्लै थिईन् ।बहिनी मनिषाको अस्वभाविक घटनाले आहत बनेका विमल शुक्रबार विहान स्वदेश नेपाल फर्कदैछन् । विमल स्वास्थ परीक्षणका लागि दुई हप्ता अगाडि बेल्जियम पुगेका थिए । विमलकी बहिनी मनिषाको मुत्युको खबरले अखिल नेपाल फुटबल एन्फा स्तब्ध बनेको छ । बिहीबार एन्फाले एक शोक विज्ञप्ती जारी गर्दै मनिषाको असमायिक निधनमा दुःख ब्यक्त गरेको छ । घटना पछि विमलको घरमा गाउँलेहरुको भेला लागेको थियो । 
मृत अवस्थामा भेटिएकी मनिषाको मृत्युको कारणमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनिषाको पार्थिव शरीरलाई पोष्ट मार्टमको लागि काठमाडौं ल्याउने तयारी भएको छ । दुर्घटनामा निधन भएका विमलका पिता पनि नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । नेपाल प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिएको बताइएको छ ।

, , ,

0 comments

Write Down Your Responses