के तपाईहरुले सीएफएल प्रयोग गर्नुहुन्छ? साबधान ज्यानै जाला है पुरा पढ्नुहोस थाहापाई राख्नुस
एजेन्सी । हामीले विजुली बचाउनको लागि प्रयोग गर्ने सीएफएल कति खतरनाक हुन सक्छ भनी अनुमान पनि लगाउन सक्दैनौं । सीएफएल बल्ब फेर्ने क्रममा स्मिथ नामका एक व्यक्ति घाइते भएर २ महिना आइसीयूमा भर्ना भएर उपचार गराउन पर्यो ।
क्यानडाका स्मिथले बल्ब फेर्ने क्रममा सीफएल बक्ति भुइँमा खस्यो । उनी खाली खुट्टा थिए । अन्ध्यारोमा उनले फुटेको बक्ति देखेनन र सिसाको केही टुक्रा उनको पैंतालामा छिर्यो । उनको घाउ बढ्दै जाँदा उनको स्वास्थ्य समस्या झन बढ्दै गयो । उनको २ महिना आइसीयूमा उपचार भयो । अहिले उनलाई आफ्नो दुबै खुट्टा गुमाउने डर छ । चिकित्सक उनकाे खुट्टा काट्नुपर्ने बताउँछन् ।
सिसा तथा आर्सेनिक भन्दा लिड निकै घातक र विषालु हुन्छ ।
यसैकारण सीएफएलको प्रयोग गर्दा ध्यान पुर्याउनु जरुरी छ ।
सीएफएल फुट्दा त्यसमा भएको लिड मानिसको सम्पर्कमा आउँदा मानिसको स्वास्थ्यमा निकै नकरात्मक असर देखिने हुनाले हामी यसरी यसबाट साबधान हुन सक्छौं ।
१) कहिल्यै पनि सीएफएल तुरुन्त तातोमा नफेरौं, बक्तिलाई चिसो हुन समय दिनुहोस् ।
२) सीएफएल यदी फुटिहाल्यो भने तुरुन्त उक्त कोठाबाट बाहिर जानुहोस । तर काँचको एक टुक्रा पनि पैंतालामा पर्न नदिनुस ।
३) पंखा तथा एसीलाई तुरुन्त बन्द गर्नुस जसले लिड फैलिने मौका नपाओस् ।
४) २०–२५ मिनेटपछि मात्र कोठामा छिर्नुस र सफा गर्ने क्रममा मुख ढाक्ने पन्जा लगाउने तथा ध्यान दिएर सिसा सफा गर्नुपर्छ । कुचोले कहिल्यैपनि सिसा सफा नगर्नुस । त्यहाँ पछिसम्म लिड टाँसिएर बसेको हुन सक्छ ।
५) फोहोर फालिसकेपछि साबुन पानीले हात धुन नभुल्नुहोला ।
६) यदी कारणबस सिसाले चोट लागेको छ भने तुरुन्त चिकित्सकलाई देखाउनुस ।


0 comments
Write Down Your Responses