महिलामा देखिने स्तन क्यान्सर भएको कसरी पत्ता लगाउने स्तन क्यान्सरको उपचार विधि र रोकथामहरु पुरा पढ्नुस
महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामा स्तन क्यान्सर पनि पर्दछ । सामान्य विचार नपु¥याउँदा र बेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कयौँ महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।
जनचेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण स्तन क्यान्सरबारे महिलाले कुनै जानकारीसमेत पाउँदैनन् ।विश्व स्वास्थ्य संगठका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक एक लाखमा २१ दशमलब ८ जना महिलामा स्तन क्यान्सर देखापर्छ ।
र, ९ दशमलब ६ जनाको मृत्यु हुन्छ । स्तनमा भएका कोष—कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
तपसिलका अवस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः
वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।
३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा ।
बच्चा नजन्माएका महिलाहरूमा ।
स्तनपान नगराउने महिलाहरूमा ।
स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा ।
पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।
चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।
स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
स्तनमा गिर्खा फेला पर्नु ।
स्तनको आकारमा परिवर्तन आउनु ।
स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
स्तनको छालाको रङ परिवर्तन हुनु ।
स्तनको मुन्टो भित्र गाडिनु ।
स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।


0 comments
Write Down Your Responses