अचम्मै हेर्नुस सम्पत्तिका लागि आफ्नै जेठाजुले बुहारी र छोराको हत्या

दाङ, १० जेठ । अंश विवादमा भएको बिबादका कारण रुकुम जिल्लाको खारा– ८ मा आमाछोराको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेठाजु नन्दराम वली, देबर खम्बु वली र जेठानी दिदी रहेको प्रहरीले जनाएको छ ।
 ३२ वर्षीया गीता वली र उनका पन्ध्र महिनका नाबालक छोरा अमर वलीलाई तीन जनाको समूह मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । नन्दराम वलीसहितको समूहले गीता र उनको छोराको हत्यापछि घरभित्र शव राखेर बाहिरबाट ताला लगाइदिएको थियो । घरबाट शव गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
 गीताका श्रीमान् रोजगारीका लागि भारत गएका बेला सो हत्या भएको हो । पत्नी र छोराको हत्या भएको थाहा पाएपछि गीतका पति घर आइपुगेका छन् । रुकुमका प्रहरी निरीक्षक पुष्प श्रेष्ठका अनुसार अंश बिबादका कारण आमा र छोराको आफन्तले हत्या गरेको अनुसनधानबाट खुल्न आएको बताउनुभयो ।

, , ,

0 comments

Write Down Your Responses