पुरुषहरुका लागि अब आयो पिसाब फेेर्ने कण्डम झोला अब बारम्बार ट्वाइलेट जानु नपर्ने हेर्नुस भिडियो सहित

कतै हिँडेको बेला पिसाबे चेँप्यो तर पिसाब गर्ने ट्वाइलेट छैन । गाडि चलाइरहेको बेला जाममा फसियो तर पिसाबले निकै चेँप्यो । घरमै भएको बेला पनि बारम्बार पिसाब लागिरहन्छ तर विभिन्न कारणले ट्वाइलेट सम्म जानसक्ने अवस्था वा इच्छा छैन । 
यस्तो अवस्थामा पिसाब चेँपेर राखिराख्ने कुरा भएन । पिसाब चेँप्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ । यी सबै कठिनाईलाई दृष्टिगत गरी वैज्ञानिकहरुले एउटा उपाय निकालेका छन् । कण्डम जस्तै रुपको यो डिभाइसमा अघिल्लो भागमा रबर ब्याग रहेको छ जसमा पिसाब जम्मा हुन्छ । यो ब्यागलाई धोएर सफा गर्न सकिन्छ । यसलाई जिउमा बाँधिएको हुन्छ र अघिल्लो टुप्पो लिंगमा पहिरिइन्छ । अब चाहीँ पिसाब लाग्ने बित्तिकै ट्वाइलेट धाइहाल्नु पर्दैन । 
पूरै दिनभरी नै यसले काम दिन्छ । हिवी गो एक्टिभ नामक यो सामान उत्पादन गर्ने कम्पनीका प्रवक्ताका अनुसार यो प्रयोग गर्नका लागि पूर्ण रुपमा स्वस्थ छ । यसलाई कमरमा बाँध्नका लागि एडजस्टेबल बेल्ट दिइएको हुन्छ जुन ४० इनच सम्मको कम्मरलाई पुग्दछ । 
 प्रवक्ताका अनुसार यो डिभाइसलाई अनलाइन मार्फत उपलब्ध गराइनेछ र यो वर्षको अन्त्यसम्ममा बजारमा सर्वसुलभ बनाइनेछ । हाल भने कष्टम ड्राइभबाट यो प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses