यसकारणले हुन सकेन मनिषा हत्याको आरोप लागेका आशिषको पोलिग्राफ टेस्ट

काठमाडौं, १७ जेठ । मनिषाको मृत्युको वास्तविकता पत्ता लागउन उनको प्रेमी भनिएका रुद्रनारायण चौधरी आशिषको गर्ने भनिएको पोलिग्राफ परीक्षण टाउको दुखाईका कारणले स्थगित भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण बिज्ञटोलीले पोलिग्राफ परीक्षण गर्ने भएको थियो । 
आशिषको टाउको दुखेको भन्दै पोलिग्राफ परीक्षण मंगलबार सम्मका लागि स्थागित गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताए । पोलिग्राफ परीक्षण गर्दा घटनाको पोष्टमार्टन रिपोर्ट र घटेको घटनाको आधारमा तयार प्रश्नहरु सोध्ने चौधरीको भनाई छ ।

, , ,

0 comments

Write Down Your Responses