कस्तो अचम्म १४ सय एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी हेर्नुस भिडियो सहित

पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ। सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन्। एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ ।
 तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन एक अर्ब ४४ करोड नेपाली रुपैयाँ चोरी भएको छ।सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ। एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् ।
 जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ। सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ ।
 तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए । 
 प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ। ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

, ,

0 comments

Write Down Your Responses