राजधानीमा झन्डै दुई हजार बालिका यौन व्यवसायमा लाग्न बाध्य पुरा पढ्नुहोस
काठमाडौं, ११ जेठ । राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ ।
केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकामा त्यसको एक तिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।
बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुर्व्यवहार सहन बाध्य हुने गरेको जनाएको छ ।


0 comments
Write Down Your Responses