सन्तान नजन्मिएको भन्दै यसरी आफ्नै बुहारीको हत्या

सन्तान नजन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ। 
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए। 
मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए।

, , ,

0 comments

Write Down Your Responses