दुई लाख रुपियाँ दाइजो केटा पक्षलाई नदिएको विषयमा यसरी गरिन राधाको हत्या हेर्नुस भिडियो सहित

काठमाडौं, १० जेठ । दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ । दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई नदिएको विषयमा राधादेवि साहको हत्या भएको आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।
 ‘दुई लाख नदिएकै कारण पापीहरूले मेरी एक्ली बहिनीलाई मारे,’ मृतकका दाजु जितेन्द्र साहले भने,’ यस्तो हुन्छ भन्ने पहिले नै थाहा पाएको भए दुई लाख पनि दिइसकेका हुन्थ्यौ ।’ वीरगन्ज १५ मुर्ली बगैचाका रामानन्द साह कानुका छोरा सुवास साह कानुसँग वाराको गढीमाई नगरपालिका १ का जितेन्द्रकी बहिनी राधादेवीको गत फागुन १० गते बिहे भएको थियो ।
 बिहे भएको तीन महिनावीरगन्ज मूर्ली बगैँचास्थित श्रीमान् सुवासको घरमा गत शुक्रबार राधादेवी मृत अवस्थामा फेला परेकी थिइन् । श्रीमान् सुवास र ससुरा रामनन्द राधादेवीले आत्महत्या गरेको बताए पनि माइती पक्षले भने दाइजोको निहुँमा राधादेवीको हत्या भएको आरोप लगाएका हुन् ।
 दाइजो कबुल गरेकोमध्येको दुई लाख नदिएको भन्दै ससुरा र पतिले राधादेवीलाई केही समय अघिदेखि मानसिक र शारीरिक यातना दिदैँ आएका थिए ।

, , ,

0 comments

Write Down Your Responses