भारतमा दश जना नेपालीको यसरी गुपगुच मै दाहसंस्कार हेर्नुस भिडियो सहित
काठमाडौं, १४ जेठ । देहरादुनको भित्री पहाडी वस्तीमा गत आइतबार राति पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको सूचना भएको छ ।
घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार, समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी पाएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
१० जना मृतकको परिवारमा नाता प्रमाणितसहितको आधिकारिक पहिचान दूतावासबाट आएपछि राज्य सरकारले क्षतिपूर्ति स्वरुप ४ लाख रुपैयाँ दिनसक्ने जनाउ दिएका छन् ।
सडक निर्माणमा पश्चिम नेपालबाट आएका ज्यालादारी श्रमिक अहिले पनि उत्तराखण्डका सडकमा उत्तिनै छन् ।


0 comments
Write Down Your Responses