प्रधानमन्त्री ओली यसरी भन्छन हामी आफैँ नै पानीजहाज किन्छौँ हेर्नुस भिडियो सहित

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली आफैँले पानीजहाज किन्ने बताएका छन् । मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले आफैँ पानीजहाज किनेर तीन दिनमा सामान नेपाल भित्र ल्याउँने घोषणा गरे ।
 उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी दिए । ‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’, उनले भने, ‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’ ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने समेत बताए । 
उनले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’, उनले भने, ‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।
 प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिए । एमाले अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए । परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ । रासस

, ,

0 comments

Write Down Your Responses