सुहागरातमा झुक्कीएर पनि कहिले नगर्नुस यि १० गल्ती जनिराख्नुस

सुहागरात’ भन्ने शब्द आफैमा रोमान्टिक छ । युवक-युवतीलाई यो शब्दले कल्पनामा डुवाइदिन्छ । किशोर अवस्था पार गर्दै गरेका युवाहरुलाई यो शब्दले काउकुती नै लगाउँछ । 
कतिपयले सुहागरातप्रतिको अधिक कल्पनाका कारण सुहागरातलाई रोमान्टिक भन्दा पनि तनावपूर्ण बनाउँछन् ।यहाँ सुहागरातमा गर्न नहुने १० गल्तीको चर्चा गरिएको छ । यी १० काम सुहागरातमा भुलेर पनि नगर्नुस् । १ पार्टनरको सहमति विना यौन सम्बन्ध नगर्नुस् अधिकाँश युवा युवतीलाई सुहागरात भनेको सेक्सकै लागि हो जस्तो लाग्छ । तर सुहागरातमा सेक्स अनिवार्य छैन ।
 सेक्स सम्बन्धि नियम कानून नै नभएपनि पार्टनर तयार नभए सम्म सेक्सका लागि प्रयास गर्नु सुहागरातको मुड विगार्नु मात्र हुन सक्छ । सुहागरात भन्दैमा जवर्वस्ती सेक्स गर्नु त सम्बन्धलाई नकारात्मक बनाउनु मात्र हो ।
 २ यौन कार्यमा हडबड नगर्नुस् सुहागरातमा युवा युवतीले एक आपसको शरीरलाई राम्ररी बुझेका हुँदैनन् त्यसले गर्दा असहजता पैदा हुन सक्छ । कतिपयमा एक अर्काको नाङ्गो शरीर देख्ने बित्तिकै हडबड गर्ने समस्या समेत हुन्छ । सुहागरातमै पनि यौन क्रिडाका लागि पाकक्रिडाको भूमिका महत्वपूर्ण हुन्छ । ३ रक्त श्रावको आशंका अधिकाँश जोडीलाई भ्रम हुन्छ कि पहिलो यौन सम्बन्धमा स्त्रीलाई रक्तश्राव हुन्छ । रक्त श्राव नहुँदा केटीलाई मनमा डर हुने र केटालाई शंका हुने पनि हुन्छ । 
तर वास्तवमा पहिलो यौन सम्पर्कमा रक्त श्राव नहुन पनि सक्छ । किन भने स्त्रीको यौनाङ्गमा हुने झिल्ली अन्य कुनै कारणले टुट्यो भने यौन सम्पर्कमा रक्तश्राव हुँदैन । ४ जीवनसाथी प्रति शंका कतिपय जोडी सुहागरातमा एक अर्कालाई शंकाको आँखाले हेरेर माहौल विगार्छन् । खासमा सुहागरातमा एक अर्काप्रतिको समर्पण र मायाँ बढाउने कोशिस गर्नु पर्छ नकि शंका ।
 एक अर्काका विगतका कुरा नकोट्याउनुस् । एक अर्काप्रति यौन सम्बन्धबारे शंका भएमा सुहागरात सुहागरात जस्तो नबन्न पनि सक्छ । ५ यौनाङ्गको आकार कतिपय जोडीलाई यौनाङ्गको आकारले यौन आनन्दमा प्रभाव पर्छ भन्ने भ्रम हुन्छ । तर त्यो वास्तविकता होइन । पुरुषको लिङ्ग ठूलो आकारको भएमात्र मात्र यौन सन्तुष्टि दिन्छन् भन्ने भ्रम अनावश्यक मात्र हो ।
 यौन सन्तुष्टि र लिङ्गको आकारको कुनै सम्बन्ध छैन । ६ मदिरा सेवन नगर्नुस् कतिपय युवाहरु सुहागरातमा मदिरा सेवन सम्त गर्छन् । यौनलाई जोशिलो बनाउनका लागि भन्दै सुहागरातमा नै मदिरा सेवन गर्नु असाध्यै गलत हुन्छ । जोश मानसिक अवस्थाबाट आउने हो अन्य पदार्थले होइन । ७ कण्डोमको प्रयोग सुहागरातमै कुनै पनि गर्भ निरोधक प्रयोग नगरी यौन सम्बन्ध राख्दा शुरुमै गर्भ रहने सम्भावना पनि हुन्छ । तसर्थ पार्टनरसँग सल्लाह गरेर कण्डोमको प्रयोगबारे विचार गर्नुस् । ८ महिनाबारीको समय नभुल्नुस् केटीहरुले महिनाबारीको समय भुले भने सुहागरात महंगो पनि पर्न सक्छ । 
सुहागरातका लागि हतार गर्नु अघि महिनाबारीको समय सम्झिनुस् र त्यसै अनुसार सावधान रहनुस् । ९ शरीर सरसफाइ सुहागरातलाई सेक्सको बारेमा मात्र बुझ्नु अघि शारीरिक सरसफाइ कायम राख्नुस् । अझ एक अर्कालाई आकर्षित गर्न विभिन्न पर्फ्युम वा बोडी स्प्रे समेत प्रयोग गर्नु राम्रो हुन्छ । 
शरीरबाट कुनै प्रकारको दुर्गन्ध पैदा भएमा वैवाहिक जीवनको शुरुवातमै एक अर्काप्रति अनाकर्षण हुन सक्छ । १० शरीरको मिलन मात्र होइन सुहागरात केवल २ शरीरको मिलन मात्र होइन । यो मनको मिलन पनि हो र जीवनभरीको गाँठो कँस्ने दिन पनि हो । तसर्थ एक अर्काको भावना बुझेर मात्र शारीरिक कुरामा जानुस् । पहिलो रातको ब्यवहार जीवनभरी प्रभाव पार्ने हुन्छ । बिभिन्न अनलाइनहरूबाट साभार

, , ,

0 comments

Write Down Your Responses