आफ्नो प्रेमी हत्यापछि स्लोभाकियाकी यी मोडललाई २२ वर्ष जेलसजाय हेर्नुस भिडियो सहित
एजेन्सी–आफ्नै प्रेमीको हत्या गरेपछि स्लोभाकियाकी चर्चित मोडल मेका कुकुचोभामाथि अदालतले २२ वर्षको जेलसजाय सुनाएको छ । उनले आफ्ना खरबप्रति प्रेमी एन्डी बुसको हत्या गरेकी थिइन् ।
बेलायती गहना व्यापारी बुसलाई इष्र्याका कारण हत्या गरेको बयान उनले दिएकी छिन् । कोस्टा डि सल नामक समून्द्री किनारमा बुसको रेस्टुरेन्ट थियो ।
त्यही रेस्टुरेन्टमा उनले बुसलाई तीन गोली प्रहार गरेर हत्या गरिन् ।
स्पेनको मालागा अदालतले हत्याको पुष्टि गरेपछि अब विकनी तथा अन्य स्विमिङ सुटको मोडलिङ गर्ने यि युवती अब जेल जानेछिन् । उनी प्रेमीको हत्या गरेपछि भागेर पूर्व प्रेमीसँग भेट्नका लागि स्पेनको म्याड्रिड पुगेकी थिइन् ।
यसअघि कुकुकोभाले आत्मरक्षाका लागि प्रेमीमाथि गोली चलाउनुपरेको बयान दिएकी थिइन् । तर अन्नत मालागाको अदालतले उनले नियोजित रुपमै प्रेमी बुसको हत्या गरेको ठहर गर्दै उनीमाथि जेलसाजय सुनायो । ४८ वर्षीय बुसकी बहिनी रिचेल र छोरी इल्लीले दुई वर्षसम्म यस विषयमा कानूनी लडाँई लडेका थिए । ‘
उनले गरेको अरापधको सजाय पाएकी छिन् । कानूनी रुपमा न्याय पाउँदा हामीले यो विषय समाप्त भएको महसूस गर्यौ । हामीलाई यो फैसलाले निकै खुसी तुल्याएको छ ।’
चार वर्षअघि स्विम वेयरकी यि आर्कषक मोडल र गहना व्यापारी बुसको प्रेमकहानी सूरु भएको थियो । उनले ब्रिस्टोलस्थित एक सुन पसलमा कुकुकोभालाई जागिर दिएका थिए ।
त्यसपछि उनी बुससँग नजिक भइन् ।
तर, बुसले नयाँ प्रेमिका भेटेपछि उनलाई छाडिदिए । निरन्तर रुपमा बुसको मोबाइल फोन र कम्प्यूटर चेक गर्ने कुकुकोभा उनको नयाँ प्रेम प्रसङगका विषयमा पनि जानकार थिइन् । अन्तत उनले इष्र्याका कारण खरबपती बुसको हत्या गरिन् ।
पूर्व बडिबिल्डर समेत रहेका व्यापारी बुस सधैँ आफूभन्दा कम उमेरका युवतीहरुसँग नजिक हुन्थे । उनीसँग प्रेम सम्बन्ध जोडिदाँ कुकुकोभा केवल २२ वर्षकी थिइने भने उनी ४४ वर्षका थिए ।
त्यसपछि उनले बनाएकी प्रेमिकाको उमेर कुकुकोभाभन्दा पनि कम छ । बुसकी छोरी इल्लीले भनेकी छिन् –‘कुकुकोभा सधैँ आफूलाई असुरक्षित महसूस गर्थिन् । उनले कहिल्यै रिस नियन्त्रण गर्न सकिनन् । अरु महिलासँग मेरा बुबा नजिकिएको उनलाई कहिल्यै मन पर्दैन थियो ।’– छोरी इन्नीले भनेकी छिन् ।


0 comments
Write Down Your Responses