बहिनीको अन्त्येष्टि पछि आफ्नो आँशु थामेर आमालाई यसरी सम्झाउँदै बिमल
काठमाडौं–बहिनीको शंकास्पद मृत्युपछि राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्। उनी बेल्जियममा थिए ।
उनी शुक्रबार बिहान ११ बजे एयरपोर्ट उत्रेका थिए । लगत्तै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्। उनी घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका थिए ।
विमल बहिनीको मृत्युको खबर पाएपछि फर्किएका हुन्।टिभिङ अस्पताल परिसर पुग्दा मनिषाको निधनले परिवार शोकमा डुबेको थियो । उनकी आमाको आँशु थामिरहेको थिएन भने दाजु विमल पनि आँखाभरी आँशु पारेर आमालाई सम्झाउने प्रयास गरिरहेका थिए ।
बेलाबेला उनी आमाको आँशु पुछ्थे ।
शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिई फर्कँदै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति र सदस्यहरु पनि टिभिङ परिसर पुगेका थिए ।
बर्दघाट नगरपालिका-८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो।


0 comments
Write Down Your Responses