साबधान यदि तपाइले चुरोट पिउनुहुन्छ हुन्छ भने पढ्नुहोस् ४० कुरा पुरा पढ्नुस

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ । २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो । ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ । ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ । ५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ । 
यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ । छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ । ६. चुरोट सेवनले शरीरमा भएको भिटामिन ‘सी’ ३० प्रतिशतले घटाउँछ । ७. चुरोट सेवनले आन्द्रामा हानि गर्छ । ८. निकोटिनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । ९. चुरोट सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर हुन्छ । १०. चुरोट सेवन गर्नेहरूलाई डिमेन्सिया हुने सम्भावना दोब्बर हुन्छ ।
 ११. चुरोट सेवनले मोतिबिन्दु हुन सक्छ । १२. सुर्तीमा ६ हजारजति केमिकल हुन्छन्, जसमा साइनाइड, बुटेन र कार्वनमोनोअक्साइड जस्ता हानिकारक केमिकल नि हुन्छन् । १३. चुरोट सेवनले स्ट्रोक हुने सम्भावना ६ गुणा बढी हुन्छ । १४. गर्भावस्थाका बेला चुरोट सेवनले बर्सेनी पाँच हजार भ्रुणको मृत्यु हुन्छ । कम तौल र वौद्धिक विकस नभएका बच्चाहरूको पनि जन्म हुन्छ ।
 १५. चुरोट सेवन गर्ने महिलामा महिनावारी छिटो रोकिने सम्भावना हुन्छ । १६. शरीरको सबै भागमा चुरोटले असर गर्छ, जसमा मुटु र भास्कुलर सिस्टम पनि पर्छ । १७. चुरोटले शरीरको रोगसँग लड्ने क्षमता पनि घटाउँछ । १८. चुरोटले मधुमेहको सम्भावना बढाउँछ । १९. चुरोट सेवनले व्यायम गर्ने क्षमतामा ह्रास ल्याउँछ । २०ं. चुरोट सेवनले निमोनिया हुने सम्भावना बढाउँछ । 
२१. चुरोट सेवन गर्ने ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुन्छ । २२. चुरोट सेवनले महिलामा बाँझोपनको समस्या दोब्बर हुन्छ । २३. चुरोट सेवनले हड्डी कमजोर बनाउँछ । २४. चुरोट सेवनले आर्थिक भार थप्छ । २५. हेरोइन र रक्सीभन्दा पनि निकोटिनको लत कडा हुन्छ ।
 २६. चुरोट सेवनले बढी तनाब र ‘डिप्रेसन’ हुने सम्भावना बढाउँछ । २७. शरीरमा भएको एन्टिअक्सिडेन्ट पनि चुरोट सेवनले घटाँउछ । २८. चुरोट सेवनले उच्च रक्तचाप हुन्छ । जसले गर्दा स्ट्रोक र हृदयघातको सम्भावना बढी हुन्छ । २९. चुरोट छोड्नाले दुईदेखि चार वर्षभित्र स्ट्रोक र हृदयघातको सम्भावना न्यून हुन्छ । ३०. चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ ।
 ३१. चुरोट सेवनले श्रवण श्क्तिमा असर गर्छ । ३२. चुरोट सेवनले मुख गन्हाउने र गिजाको रोग लाग्छ । दाँत नि छिटो झर्न सक्छ । ३३. बच्चालाई हुने क्यान्सरमा १५ प्रतिशत आमाले सेवन गरेको चुरोट नै मुख्य कारण हो । ३४. चुरोट सेवनले कोरोनरी मुटु रोग हुन्छ । 
३५. चुरोट छोडेको १० वा १५ वर्षभित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ । ३६. चुरोट सेवनले थकान र टाउको दुखाइ बढ्छ । ३७. चुरोट सेवनले नै ८० प्रतिशत जति स्वासप्रस्वासको रोग हुन्छ । ३८. चुरोट सेवनले तपाईंको सुँघ्न सक्ने र चाख्ने शक्ति पनि ह्रास भएर जान्छ । ३९. चुरोट सेवनले मानिसको सातदेखि आठ वर्षजति आयु घटाउँछ । ४०. बेलायतमा मात्र बर्सेनी एक लाख १४ हजार मनिसको मृत्यु चुरोट सेवनका कारण हुन्छ । – स्वास्थ्य खबरपत्रिका

, , , ,

0 comments

Write Down Your Responses