साबधान कतै तपाई पनि जेपिती लेख्नुभएको भएको छैन फेसबुकमा दुई शव्द लेखेकै कार् १५ बर्ष जेल सजायँ पुरा पढ्नुस जानिराख्नुस

आइ सी’ यो तीनै दुई शव्द हुन्, जुन फेसबुकमा लेखेका कारण एक विधवा महिलालाई राजाको अपमान गरेको आरोप लगाइएको छ । यो घटना हो थाइल्याण्डको, जहाँ राजाको अपमान गर्नु सबैभन्दा ठूलो अपराध मानिन्छ र १५ बर्षसम्म जेल सजायँ हुन सक्छ । 
 थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा मानिसको कपडा धोएर दुई बालबालिकासँगै जीवनयापन गरिरहेकी ४० वर्षीय पतनारी चनकिज यतिबेला जेल सजायँको मुखमा पुगेकी छन् । थाइल्याण्डको अन्य घरहरुमा जस्तै उनको तीनकोठे घरमा पनि त्यहाँका राजा भूमिबोल अदुल्यादेजको तस्वीर झुण्ड्याइएको छ ।
 आफू देशभक्त नागरिक भएको प्रष्ट पार्दै उनले शाही परिवारमाथि कहिल्यै केहि शव्द प्रयोग नगरेको बताएकी छन् । तर, पुलिसका अनुसार पतनारीले फेसबुकमा एक राजनीतिक कार्यकर्तासँगको कुराकानीका क्रममा राजाबिरुद्ध आपत्तिजनक भाषाको प्रयोग गरेकी छन् ।
 पुलिसको दाबी अनुसार उनले राजाको बिरुद्धमा अभद्र टिप्पणीको जवाफमा थाई भाषामा ‘जा’ शव्द लेखेकी थिइन, जसको अंग्रेजी अर्थ ‘आइ सी’ वा ‘ओके’ हुन्छ । यता पतनारी भने आफ्नो आरोपको खण्डन गर्नै आफ्नो छोरा राजनीतिक नेता भएकाले आफुलाई फसाइएको दावी गरेकी छन् ।
 थाइल्याण्डमा दुई बर्षपहिले भएको सैन्य बिद्रोहपछि ६० भन्दा बढि मानिसहरुलाई यस्तै आरोपमा गिरफ्तार गरिएको छ । पछिल्लो महिनामात्रै एक मानिसको राजाविरोधी कथित टिप्पणी गरेको आरोपमा अदालतले ५ बर्षको जेल सजायँ सुनाएको थियो ।

, , , ,

0 comments

Write Down Your Responses