यस्तो आयो बिमल घर्तीमगरकी बहिनी मनिषाको पोस्टमार्टमको फाइनल रिपोर्ट पुरा पढ्नुहोस डाक्टर नै कन्फ्युज
काठमाडौं, १८ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
शिक्षण अस्पतालको फोरेन्सिक विभागले उक्त रिपोर्टलाई मंगलबार विहान नवलपरासी प्रहरीको जिम्मा लगाएको छ ।
अस्पतालका अनुसार उक्त रिपोर्टमा मनिषाको हत्या वा आत्महत्या भन्ने ठम्याउन सकिएको छैन् ।
फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले ह्याङगिङबाट मनिषाको मृत्यु भएको बताए । उनले भने– ‘हामीले रिपोर्टमा ह्याङगिङबाट मृत्यु भएको पाएका छौं ।
ह्याङगिङको अर्थ आत्महत्या आफैं झुण्डिएको अथवा हत्या अरुले झण्ड्याएको भन्ने कुरा चाँहि भन्न सकिदैन । यो प्रहरीको अनुसन्धानबाट पत्ता लाग्छ ।’
उनका अनुसार घाँटीमा प्रेसर हुँदा मनिषाको मृत्यु भएको देखिएको छ ।
गालामा पनि चोट छ । घाँटीमा २५ सेन्टिमिटरको डाम पाइएको छ ।
१७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा सकेकै भोलिपल्ट जेठ १३ गते विहीबार विहान नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन आशिषको आजै पोलिग्राफ टेस्ट हुँदैछ ।


0 comments
Write Down Your Responses