कसैको नहोस यि कस्ता बानिर्दयी बुअामा जसले यि सात वर्षीय छोरालाई यसरी बनमा छाडे
टोक्यो । जापानमा एक जोडीको लापरवाहीको अनौठो घटना सार्वजनिक भएको छ । आफ्नो सात वर्षीय छोरोबाट दिक्का भएका एक दम्पतिले उनलाई सुनसान पहाडी इलाकाको जंगलमा छोडिदिएका हुन् ।
छोरालाई जंगलमा छाडिदिएपछि ती दम्पति प्रहरी कार्यालमा छोरो हराएको सूचना दर्ता गराउन पुगेका थिए । तर प्रहरीले कडाइका साथ जाँच गर्दा उनीहरुले जानीजानी छोरालाई पहाडको जंगली इलाकामा छाडेको खुल्न आएको छ ।
यो घटना जापानको होक्केडोस्थित नेनेको हो । दुई दिनदेखि बेपत्ता ती बालकको खोजीका लागि अहिले डेढ सयजना भन्दाबढी उद्धारकर्मी सदस्य खटिएका छन् । यी दम्पतिले जंगलमा छाडेका बालकको नाम यामातो तनुका रहेको छ । शनिवार यामातोका यी बाबुआमाले छोरालाई उत्तरी जापानको जंगलमा छाडेर आएका थिए ।यी दम्पतिमाथि जापानी प्रहरीले सुनसान स्थानमा छोरालाई छोडेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
शुरुवातमा उनीहरुले पुलिसमा छोरो वेपत्ता भएको रिपोर्ट पुलिसमा दर्ता गराएका थिए । प्रहरीका अनुसार परिवारसँगै रहेका छोरा पैदल यात्राका क्रममा वेपत्ता भएको भन्दै बाबुआमाको उजुरी आएको थियो । पुलिसले कडाइका साथ सोधखोज गरेपछि बालकका पिताले आफूहरुको गल्ती स्वीकारेका थिए । बालकका पिता ४४ वर्षीय ताकायुकी बालकलाई पार्कबाट आफ्नो घरतर्फ आउने जंगलमा आफूहरुले छोडिदिएको बताए । छोराले सडकमा ओहोरदोहोर गरिरहेका गाडीमाथि ढुंगा हानेपछि रिसाएका बाबुआमाले उनलाई त्यस्तो सजाय दिएका हुन् ।
जंगलमा छाडिएका बालक केहीबेरमै त्यहाँबाट हराए । यी दम्पति छोरालाई छाडेर आफूहरु करिब पाँच सय मिटर वर आएपछि फेरि फर्केर त्यहाँ जाँदा नभेटिपछि प्रहरीको शरणमा पुगेका हुन् । समाचार अनुसार बालकलाई छाडिएको घना जंगलमा जंगली भालू समेत कयौं खतरानाक जनावरको बसोबास रहेको छ । अन्नपूर्ण पाेष्टबाट


0 comments
Write Down Your Responses