नेपाली युवतीले दिल्लीमै महिला प्रहरी अफिसरलाई यसरी थप्पड हानिन हेर्नुस् भिडियो सहित

कुविक एनपी न्युज काठमाडौं, २ जेठ । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् । 
भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो समेत सार्वजनिक गरेको छ । थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो टेम्पु वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए ।
 त्यहाँ पनि विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् । उनले मदिरा पिएको अनुमान गरिएको छ । उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ । रिपोर्ट आएपछि कारवाही प्रक्रिया अगाडि बढाइनेछ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्ः नेपाली युवतीले दिल्लीमै भारतीय महिलालाई थप्पड हानिन् -भिडियो

, , ,

0 comments

Write Down Your Responses