कतारमा १ सय ८० जना नेपाली कामदारहरु भोकभोकै काम नपाएर यस्तो बिचल्ली

कतार, ११ जेठ । नेपालस्थित एनआरसी नेपाल रिक्वारमेन्ट कन्सल्टेन्सीबाट बिभिन्न समयमा कतार आएका कामदारहरु कतारस्थित एक कम्पनीमा बिचल्ली परेका छन् । 
करीब ४ महिनादेखि काम बिहीन बसिरहेका कामदारहरु अहिले आएर खानाको अभाब झेल्न बाध्य हुन थालेका छन् । रिलिज दिन्छु तलब दिन्छु घर पठाइदिन्छु भन्ने जस्ता शब्द उनीहरुलाई सुन्दा पनि अचम्म लाग्न थालिसकेको छ । 
आफूले साथमा राखेको पैसाबाट खाँदै गरेका उनीहरु अहिले भने समस्यामा छन । राजदूताबास जाँदै फर्कदै गरेका रसुवा लहरे पौवा बडा नम्बर ९ का कृष्णप्रसाद अधिकारी आफू आएको १८ महिना भएको बताउँछन । उनी चाहन्छन काम दिन नसके रिलिज दिएर पठाए काम खोजी गर्ने उनको चाहना छ । दाङका धर्ना– ९ का भरत चौधरी कतार आएको एक वर्ष भयो ।
 चौधरी भन्छन जसरी हुन्छ नेपाल फर्कन पाए हुन्थ्यो । रामेछाप बिजुरकोट– ८ का हरिबहादुर महत २ वर्षभन्दा बढीदेखी सोही कम्पनीमा कार्यरत छन् । पाल्पा पोखराथोक– ४ गाफेका टोपबहादुर कुमाल भन्छन, ‘प्रहरी चौकी त कति पटक गयौँ, तर खाली हात फर्काउँछ ।
१८० जनाभन्दा बढी नेपाली कामदार रहेको उक्त कम्पनीमा हालको समस्यालाई लिएर नेपाली दूताबास गैरआबासीय नेपाली संघ पनि गम्भीर बनेको छ । समस्याको बारेमा जानाकारी पाए पाश्चात कतारका समाजसेवी तथा ब्याबसायी आरके शर्माले १५ बोरा चामल, दाल, ३ बोरा खाने तेल एक टिन नुन लगायतका सामान उपलब्ध गराएका छन् ।

, ,

0 comments

Write Down Your Responses