आन्दोलनकारीहरुले यसरी ट्राफिकको कठालो समातेपछि भिडियो हेर्न तल फोटोमा क्लिक गर्नुहोस
काठमाडौं–मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो ।
वीर अस्पतालबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । सवरीचालकहरूले एकैलयमा हर्न बजाएर आन्दोलनकारीलाई बाटो छाड्न दबाब दिए ।
आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन पाएन ।
जुलुस फेरि अघि बढ्यो, सहिदगेट पार गर्नासाथ दुई लेनको सडकमा जुलुस एक लेनमा सीमित भयो, अर्को लेनबाट गाडी चल्न थाले ।
समानान्तर भएपछि आन्दोलनकारी र सवारीचालकबीच फेरि भनाभन भयो । उत्तेजित आन्दोलनकारी सवारीचालकमाथि झम्टिए, केही मोटरसाइकल पल्टिए । फेरि प्रहरीले हस्तक्षेप गरेर शान्त पार्यो ।
जुलुस पार नहुँदै सवारीसाधन छाडेको भनेर आन्दोलनकारी ट्राफिक प्रहरीसँग आक्रोशित थिए ।
जुलुस सुन्धारा हुँदै रत्नपार्कतर्फ जानुपर्ने थियो, तर त्रिपुरेश्वरतिरबाट पनि सवारीसाधन आइरहेका थिए । सवारीसाधन नरोकेर झडप निम्त्याउन खोजेको भन्दै एक आन्दोलनकारी ट्राफिक प्रहरीमाथि जाइलागे । सडकमा राखिएको प्लास्टिकको डिभाइडर उठाएर उनले प्रहरीलाई लखेटे, आन्दोलनकारीले हानेको झटारोले ट्राफिकलाई लाग्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
1 comments
Write Down Your Responses

May 18, 2016 at 11:07 PM
यो ट्राफिक प्रहरी लाई हिर्काउने लाई पक्रिनु अनि कानूनी प्रक्रियामा कर्बाही गर्नु पर्यो एउटा डिउती मा खतियेको ट्राफिक पुलिसलाई कसरी हात पात गर्यो यो आन्दोलन कारिले ?
यो आन्दोलनकारिलाई नेपाल प्रहरीले कारबाही गर्नु नसके हाम्रो देशको कानुन बेकार को हो जसले जे गर्दा पनि हुने रैछ।