यसरी सुत्केरीको साल नै अड्किएपछि उपचारमा यस्तो समस्या हेर्नुस फोटोफिचर सहित
बागलुङ: गए राति शिशु जन्माएकी दुदिलाभाटी–६ कि ३६ वर्षीया मेनुका नेपालीको साल अड्किएपछि उपचारमा समस्या भएको छ ।
परिवारको सहराराविहीन नेपालीको उपचारमा अर्थ अभाव भएको हो । हटिया स्वास्थ्यचौकीमा शिशु जन्मेलगत्तै लगातार रक्तस्राव भएपछि थप उपचारका लागि उहाँलाई अहिले सदरमुकाम ल्याइएको छ । हाल नरेठाँटीमा अर्कैको घरमा मजदुरी गरेर जीविका चलाउँदै आएकी नेपालीलाई छिमेकमा बस्ने महिलाले सदरमुकाम ल्याएका छन् ।
आधा साल अड्केको र रक्तस्राव पनि नरोकिएपछि थप उपचारका लागि सदरमुकाम ल्याइएको स्थानीयवासी अनिशा कुँवरले बताइन् ।
धवलागिरि अञ्चल अस्पतालले जटिल उपचार गर्नुपर्ने भएकाले पोखरा लैजान सुझाव दिए पनि अर्थ अभावका कारण लैजान नसकिएको उनले बताइन ।
धवलागिरि अञ्चल अस्पतालका चिकित्सक सष्मिता मानन्धरले आधाभन्दा बढी साल भित्रै अड्केकाले शल्यक्रिया गरेर निकाल्नुपर्ने बताइन्। उनले अञ्चल अस्पतालमा तत्काल उपचार सम्भव नभएपछि पोखरा सिफारिस गर्नुपरेको प्रतिक्रिया दिइन् ।
रक्तस्राव त केही नियन्त्रणमा छ, साल पूरै निक्लेको छैन, हामीले कोसिस गर्यौँ तर सम्भव भएन’ चिकित्सक मानन्धरले भनिन् ।
दक्ष चिकित्सक, उपकरण र सहयोगी समेत नहुँदा अञ्चल अस्पतालमा नेपालीको उपचार हुन नसकेको हो । बिरामी लिएर आएका छिमेकीले पोखरा लान नसकेपछि नेपालीलाई सदरमुकामस्थित निलगिरि अस्पतालमा लगेर उपचार गराइरहेका छन् ।
‘अञ्चल अस्पतालबाट पोखरा जान भनिएको थियो, तर पोखरा जाने उपाय भएनङ्घ अर्की छिमेकी रत्ना भण्डारीले चनिन्, ंअहिले यहीँ रहेको अर्को अस्पताल निलगिरिमा उपचार गराइरहेका छौँं ।’ उनले बिरामीसँग एक रुपैयाँ पनि पैसा नभएको र उपचारमा कठिनाइ उत्पन्न भएको बताइन् ।
भण्डारीको प्रयासमा सदरमुकाममा रहेका केही सङ्घसंस्था र व्यक्तिसँग अनुरोध गरेर रु पाँच हजार सङ्कलन भएको छ ।
‘बिरामीको परिवार, आफन्त कोही छैनन्, बेसहारा महिलाको जीवन रक्षाको लागि सबैलाई सहयोग गर्न आग्रह गर्दछौँ,’ भण्डारीले भनिन् । पोखरा लैजानका लागि धवलागिरि अञ्चल अस्पतालले चार हजार सहयोग गरे पनि थप उपचारका लागि रकम नभएको उनको भनाइ छ ।
निलगिरि अस्पतालमा स्त्री तथा प्रसूति रोगविशेषज्ञ लक्ष्मी आचार्य गौतमले नेपालीको उपचार गराइरहेकी छन् ।
अस्पतालले सहुलियत दरमा उपचार गर्ने आश्वासन दिएको भण्डारीले बताइन् ।
धवलागिरि अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भएर चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीको उपचार हुन सकेको छैन ।
सरकारी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बिरामीलाई जिल्लाकै अर्को अस्पतालमा उपचार गराउनुपर्ने अवस्था छ ।
नेपालीका दुई छोरा छन् ।
श्रीमान्ले कुनै रेखदेख र हेरचाह नगरेपछि मजदुरी गरेर नेपालीले छोरा पढाउँदै आएकी छन् । छिमेकीका अनुसार नेपालीका श्रीमान् घरमा समेत नबसी फिरन्ते रुपमा हिँड्ने गरेका छन् । रासस


0 comments
Write Down Your Responses