दिल्लीमा नरेन्द्र मोदीको सरकार विरुद्धमा यस्तो बबाल कांग्रेस नेताहरुले यसरी तोडे पुलिसको घेराबन्दी हेर्नुस पुरा खबर

एजेन्सी– शुक्रबार दिल्लीस्थित जन्तरमन्तरमा भारतीय कांग्रेसको आयोजनामा ‘लोकतन्त्र बचाऔ’ अभियान नामक विशाल मार्चपास भएको छ ।
 नरेन्द्र मोदी नेतृत्वको सरकारले लोकतन्त्रको घाँटी निमोठेको भन्दै कांग्रेस आईका नेताहरुको नेतृत्वमा सो विशाल मार्चपास भएको हो ।भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंह, भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी लगायतले सो मार्चपासका क्रममा गरिएको भारतीय प्रहरीको अवरोधको घेरा सकुसल तोडेका थिए ।कार्यक्रममा भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नरेन्द्र मोदीको सरकार विरुद्ध तीव्र आक्रोश पोखेकी थिइन् । 
मोदी सरकारलाई सत्ताको भोक लागेको भन्ने व्यंगात्मक टिप्पणी गर्दै अध्यक्ष गान्धीले मोदी सरकारले लोकतन्त्रको हत्या गरेको आरोप समेत लगाइन् । सो क्रममा मनमोहन सिंह, सोनिया गान्धी र राहुल गान्धी लगायत ५ जना नेताहरुले सांकेतिक गिरफ्तारी समेत दिएका थिए ।

, , , ,

0 comments

Write Down Your Responses