तपाईहरु सुन्दा अचम्म लाग्ल तर बास्तबिक कुरा हो ६८ वर्षीय बृद्ध लौरो टेकेर स्कुल पद्छन पुरा पढ्नुहोस हेर्नुस फोटोफिचर सहित
स्याङजाको फेदीखोला–१ खड्केटारीको एक विद्यायलमा ६८ वर्षीय एक वृद्ध कक्षा १० मा अध्ययन गर्दैछन्। खडेकेटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विक पढिरहेका छन्।
स्याङजाको फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन्।
‘सानो उमेर छँदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने, ‘त्यसैकारण पढ्ने इच्छा पूरा गर्न बुढेसकालमा स्कुल जान थालेँ।’
६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबुबा बनिसेकका विकले गरिबीका कारण पढ्न नपाएको भन्दै आखाँभरि अाँशु पारे।
शिरमा ढाकाटोपी, विद्यालय पोसाक, टाइमा फुलेका दाह्री पालेका विक एक हातमा छाता र अर्को हातले लौरो टेकेर विद्यालय जाने गरेका छन्। उनी आधा घण्टाको बाटो हिँडेर विद्यालय जान्छन्।
‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा त लाज लाग्यो,’ उनले भने, ‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ।’
श्रीमती बितेपछि एक्लै बस्दै आएका विकको स्कुल जान थालेपछि दिनचर्या फेरिएको छ। उनी विहान चाँडै उठ्छन्। कसैले काम गर्न बोलाएका छन् भने काम गर्न छन् र हतार–हतार घर फर्केर विद्यालय जाने गरेका छन्। पढ्नलाई अन्य साथीहरूले सहयोग गर्दै आएको उनले बताए।


0 comments
Write Down Your Responses