छोरा कोमामा थलिएपछि आमाले यसरी सोध्छिन बुहारीको मोबाइलमा कसको फोन आको छोराको हो पुरा पढ्नुस

कतार : चौखावाङ–९, गलम्पाटी रुकुमबाट मीना खड्का आफ्ना पतिको पछिल्लो अवस्था बुझ्न हरेक साताजसो कतारमा कार्यरत रुकुमकै शनिकुमार वलीलाई फोन गरिराख्छिन् । उनका २५ वर्षिय पति ललित बूढामगरसँग गत मंसिर ८ देखि दोहोरो संवाद टुटेको छ ।
 काम गरिरहेका बेला माथिबाट फलामको पाइप खसेर टाउकोमा लागेपछि ललित ढलेका थिए । त्यसपछि उनी कोमामा गए । उनको अवस्थामा हल्का सुधार आएको छ । बोल्न सक्दैनन् । शरिर चलाउन सक्दैनन् । हामी भेट्न जाँदा शरीरमा छुन्छौं । त्यतिखेर आँशु झार्छन् ‘वलीले फोनबाट मीनालाई सान्त्वना दिइरहेका हुन्छन्। ‘घाँटी र टाउँकोमा गम्भीर चोट छ ।
 घाँटीका नसामा असर परेकाले बोल्न सक्दैन ।’ अस्पतालले बेड नम्बर १५२ मा रहेका बूढामगरको हेरचाह गर्न एक जना नर्स खटाएको छ । ‘उपचारमा कमी छैन । डाक्टरले सकेसम्म चिनजानका साथीहरु आएर भेटिदिए बोल्न सक्छन् कि भनेर भनेका छन्, ‘उनले शनिबार पछिल्लो खबर सुनाए,‘आउने मे २८ मा अप्रेसन गर्ने तयारी गरेको छ ।
३० महिनादेखि आल्मुनियम कम्पनिमा काम गर्न आएका थिए । घर फर्कने समय आएको बेला उनी दुर्घटनामा परेका थिए । उनको घरमा पत्नी, दुई वषीृया छोरी, बृद्ध बाआमा रामबहादुर र चन्द्रबहादुर बुढा छन् । जंगलको बीचमा घर छ । ‘चरा कराउँदा पनि आमालाई छोराको खबर आएजस्तो लाग्छ ।’ पीडित परिवारलाई सहयोग गरिरहका रुकुमका सञ्चारकर्मी नरेन्द्र केसीले भने, ‘बुहारीको मोबाइलमा कसैले फोन गरे पनि छोराकै केही खबर आयो की भनेर सोध्छिन्

, ,

0 comments

Write Down Your Responses