आफ्नै छोराको बिहे भाड्ने बाबुको मृत्यु पुरा पढ्नुस खबर
वीरगन्ज: दाइँजोमा निहुँमा छोराको बिहे नै रद्ध गरको आरोपमा प्रहरीले पक्राउ गरेका पर्साको महुवन-३ का गणेश साहको उपचारका क्रममा मृत्यु भएको छ। गणशेको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।
पाइल्स रोगका साथै अण्डकोष र मलद्वारबीचको भागमा रहेको घाउ पाकेर गम्भीर अवस्थामा रहेका गणशेको उपचारका क्रममा शुक्रबार राति आठ बजे तिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए।
गत बुधबार देखि प्रहरी हिरासतमा रहेका गणेशलाइ रोगले च्यापेपछि शुक्रबार बिहान नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाइ शुक्रबार साँझ नेशनल मेडिकल कलेजमा लगिएको थियो। ( फरार बेहुलाका बाबु अस्पतालबाट पक्राउ)
मेडिकल कलेजमा उपचारकै क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले बताए। मृतक गणशेका आफन्तले भने प्रहरीले उपचारमा लापरबाही गरेका कारण उनको मृत्यु भएको आरोप लगाएका छन्।
सिकिस्त रहेका गणशेलाइ वीरगन्जका चिकित्सकले थप उपचारका लागि काठमाण्डौ लैजान रिफर गरेपनि प्रहरीले नमानेका कारण उपचारको अभावमा उनको मृत्यु भएको मृतक गणेशका छोरा रविशंकर साहले बताए।
बिरामी रहेका आफना बुबालाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बेला प्रहरीले बुधबार पक्रेर थुनामा राखेको मृतकका छोरा रविशंकरको आरोप छ। तर प्रहरी उपरिक्षक श्रष्ठले भने गणेश पहिले देखि नै रोगी रहेको र उनको उपचारमा कुनै लापरबाही नगरिएको दाबी गरे।
गणेशका कान्छा छोरा हरिशंकर साहको विहे पर्साको लखनपुर गाविस वडा नम्बर ४ का मथुरा साहकी छोरी सुनिता साहसंग बैशाख १७ गते हुने तय भएको थियो। तर दाइजोमा खेत नपाएको निहुमा गणेशले जन्ती लिएर नगएपछि उक्त बिहे भाडिएको थियो।
दाइजोका कारण विहे रद्ध गरेको आरोपमा नै प्रहरीले गणेशलाइ गत बुधबार वीरगन्जबाट पक्राउ गरेको थियो।यसैबिच मृतक गणेशका आफन्त र गाँउलेले शनिवार जिल्ला प्रहरी कार्यालय अगाडि केहि बेर प्रदर्शन गरेका थिए।
गाँउबाट आधा दर्जन टयाक्टरमा सवार भइ आएका गाँउलेहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरुले प्रहरी उपरिक्षक श्रेष्ठलाइ भेटेर घटना बारे जानकारी पनि लिए।
भेटका क्रममा प्रहरी उपरिक्षक श्रेष्ठले पुरानो रोगका कारण गणेशको मृत्यु भएको र उनको मृत्यु हुनुमा प्रहरी जिम्मेवार नभएको बताए पछि गाँउलेहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर मृतक गणेशको शव जिम्मामा लिएर गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


0 comments
Write Down Your Responses