कान रहरले छेडिन्छ की फाइदाको लागि ? जानी राखौँ यसको ६ फाइदाहरु पुरा पढ्नुस

कान छेड्नु परम्परा र रहर मात्र नभई यसको पछाडि वैज्ञानिक कारण पनि छ । पराप“र्वक कालदेखिनै महिलाले त कान छेड्दै आएका थिए पछिल्लो समय फेसनको चक्करमा अधिकाम्श पुरुषहरुले पनि कान छेडाउने गरेको पाइन्छ । कान छेडाउनुको वैज्ञानिक यस्ता छन्
१. मानसिक क्षमतामा वृद्धि वैज्ञानिक दृष्टिका अनुसार कान छेडाउनाले मानिसको दिमागमा ब्लड सर्कुलेशन सही प्रकारले हुन्छ । दिमागमा रगतको सन्चार राम्ररी हुनाले बौद्धिक क्षमतामापनि वृद्धि हुन्छ । सम्भवतः यसैले हुन सक्छ, पहिले गुरुकुलमा जाने हरेक विद्यार्थीको कान छेड्नुपथ्र्यो । यसबाट विद्यार्थीको दिमागी क्षमतामा वृद्धि हुने र राम्रो ज्ञान प्राप्तगर्न सक्छ भन्ने विश्वास गरिन्थ्यो ।
 २. प्रजनन क्षमता सही राख्छ कान छेडाउँदा महिला र पुरुषदुवैका लागि फाइदाजनक हुन्छ । कानको बीचको सबैभन्दा खास स्थान प्रजननका लागि जिम्मेवार मानिन्छ । यसले महिलाको अनियमित महिनावारीको समस्यापनि समाधान गर्छ ।
 ३. पुरुषका लागि फाइदाजनक कान छेडाउनाले पुरुषको अन्डकोषले वीर्य सन्चित गर्न सहयोग मिल्छ । कान छेडाउँदा कयौं प्रकारका संक्रमण, हाइड्रोसिल र पुरुषमा बढीजसो देखिने हर्नियाको समस्या पनि समाधान हुन्छ । यसका अलावा अनुहारमा चमक र कान्ति आउछ र व्यक्तिको रुपमा निखार आउछ । ४. आँखाका लागि हितकर यसबाट दृष्टिमा सुधार गर्न मद्धत मिल्छ । 
एक्युपंचरका अनुसार कानको बीचको केन्द्रीय विन्दुको सम्बन्ध सिधैं आँखाको ज्योतिसंग हुन्छ । एक्युपंचरमा यो विन्दुमा दबाब दिइन्छ र आँखाको ज्योति सही रहन्छ । ५. कान स्वस्थ रहन्छ कानको प्वालवाला भागमा दुई निकै जरुरी एक्युप्रेसर प्वाइन्ट हुन्छ । जसलाई मास्टर सेन्सोरियल र मास्टर सेरेब्रल भनिन्छ । यो प्वाइन्ट सुन्ने क्षमता सही बनाउन महत्वपूर्ण भूमिका निभाउछ । एक्युप्रेसर विज्ञका अनुसार टिनिटसको लक्षणबाट मुक्ति पाउन पनि कान छेडाउनु राम्रो हुन्छ । 
 ६. पाचनतन्त्रलाई दुरुस्त राख्छ कान छेडाउँदा त्यसबाट उत्पन्न उत्तेजनाबाट पाचनप्रणालीलाई स्वस्थ राख्न मद्दत मिल्छ । विशेष रुपले यो प्वाइन्ट हंगर प्वाइन्टको केन्द्र हो । हंगर प्वाइन्टले मानवको पाचनतन्त्रको कार्यप्रणालीमाथि नियन्त्रण राख्न र मोटोपनाको सम्भावना कम गर्न मद्धत गर्छ । -स्वास्थ्य खबरपत्रिका

, , , ,

0 comments

Write Down Your Responses