रक्सीका लतमा फसेका मानिसहरु अन्य तुलनामा ८ वर्ष छिटै मर्ने गरेको देखिएको छ र अरु रोगहरु नि धेरै किसिमको लग्न सकिन्छ रक्सीबाट बच्ने उपायहरु पुरा पढ्नुस

रक्सीका लतमा फसेका मानिसहरु अन्य मानिसहरुको तुलनामा ८ वर्ष छिटै मर्ने गरेको देखिएको छ । एक नयाँ अध्ययनले यो तथ्य बाहिर ल्याएको हो । अध्ययनले रक्सीको लत लागेका मानिसहरुमा रक्सीले कसरी मानसिक तथा शारीरिक दुबै तबरले प्रभावित गर्दछ भन्ने देखाएको छ ।
 जर्मनीको युनिभर्सिटी अफ बन अस्पतालका शोधकर्ता डाइटर स्कफका अनुसार रक्सीको लतले मानसिक र शारीरिक दुबै प्रकारका समस्या निम्त्याउँछ । बेलायतका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको अध्ययन गर्दा रक्सीको लतमा फसेका मानिसहरुको मृत्यु रक्सी सेवन नगर्ने अन्य बिरामीहरुको तुलनामा औषतमा ७.६ वर्ष अगाडि नै हुने गरेको पाइएको छ ।
 स्कफ र बेलायतको रोयल डर्बी अस्पतालका प्राध्यापक रिचनहार्ड ह्यूनले यो नतिजामा पुग्नुभन्दा पहिले म्यानचेस्टरका सात अस्पतालहरुमा विरामीहरुको साढे १२ वर्ष अध्ययन गरे ।
 ह्युनका अनुसार रक्सीको लतले ग्रस्त मानिसहरुको प्रारम्भिक अवस्थामा शारीरिक तथा मानसिक उपचार गरेर उनीहरुको आयु बढाउन सकिन्छ । तर रक्सीको लतले गम्भीर असर पूराइसकेपछि भने यसको उपचार जटिल बन्दछ ।

, , , ,

0 comments

Write Down Your Responses