नेपाल टेलिकमले मोबाइल इन्टरनेट ९० रुपैयाँमै अनलिमिटेड डाटा अफर र सार्वजनिक गरेको छ कसरी प्रयोग गर्ने पुरा जानिराख्नुस

जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवशको अवसरमा नेपाल टेलिकमले मोबाइल इन्टरनेट डाटामा आकर्षक अफर सार्वजनिक गरेको छ । जेठ ४ देखि जेठ १८ गतेसम्म जीएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्पेड मोवाइलको लागि रातिकाे समयमा अनलिमिटेड डाटाको अफर ल्याइएको टेलिकमले जनाएको छ ।
 इन्टरनेसनल टेलि कम्युनिकेसन डे प्रत्येक बर्ष मे १७ का दिन मनाउने गरिएको छ । टेलिकमका ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्कमा यो डाटा खरिद गर्न सक्छन् । यो अफर अन्तरगत बेलुकी ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ ।
 प्याकेजको लागि प्रयोगकर्तालेटाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यो अफर सात दिनको लागि मात्र लागू हुने टेलिकमले जनाएको छ ।

, , , ,

0 comments

Write Down Your Responses