कतारमा गाडी दुर्घटनामा परी तनहुँका अधिकारीको घटना स्थालमै मुत्यु हेर्नुहोस फोटोफिचर सहित
कतार, जेठ २ । रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ ।
चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहुँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए ।
शव नेपाल पठाउन पहल भइरहेको तनहुँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए । अहिले शव हमाद अस्पातालमा छ । रासस


0 comments
Write Down Your Responses