अब आयो खुसीको खबरः नेपालमै १५ ठाउँमा भेटियो फलाम चुनढुङ्गा र तामा हेहिडियो सहित सहित
काठमाण्डु, १२ असार– खानी तथा भूगर्भ विभागले थप १५ ठाउँमा तीन खनिज पदार्थ रहेको पत्ता लगाएको छ । विभागका उपसचिव जयराज घिमिरेले सल्यान, तनहुँ, उदयपुर, धादिङ जिल्लाका १५ ठाउँमा फलाम, चुनढुङ्गा र तामा पत्ता लगाएको जानकारी गराए ।
‘
खनिज पदार्थको अन्वेषणका क्रममा हामीले फलाम, चुनढुङ्गा र तामा थप १५ ठाउँमा रहेको पत्ता लगाएका छौँ’ उनले भने, ‘ती खनिज पदार्थलाई उत्खनन गरी प्रयोगमा ल्याइनेछ ।’
सल्यान, पाल्पा, उदयपुरका विभिन्न ठाउँमा चुनढुङ्गा, तनहुँमा फलाम र धादिङमा तामाको अन्वेषण गरिएको छ । यसअघि विभागले नेपालका विभिन्न जिल्लाका ४०० ठाउँमा विभिन्न खनिज पदार्थ रहेको अन्वेषण गरेको थियो । विभागले अन्वेषण गरेपछि उत्खननका लागि निजी कम्पनीलाई अनुमति दिने गर्दछ ।
घिमिरेले ती ठाउँमा खनिज पदार्थको गुण र परिमाण पनि यकिन गरिएको जानकारी दिए।
‘खनिज पदार्थ कुन गुणस्तरीय र कति परिमाणमा रहेका छन् भन्ने हामीले अध्ययन गर्यौ, उनले भने, ‘प्रयोगमा ल्याउन सक्ने गुणस्तर र धेरै परिमाणको रहेको पायाँै ।’
घिमिरेले ती ठाउँबाट खनिज पदार्थ उत्खननका लागि निजी कम्पनीलाई प्रस्तावसमेत आह्वान गरिएको जानकारी गराए ।
यसैगरी, विभागले नवलपरासी र बझाङका विभिन्न ठाउँमा फलामको अध्ययन गरिरहेको छ ।
‘नवलपरासी र बझाङका केही ठाउँमा फलाम रहेको थाहा भएको र अहिले हामी ती ठाउँमा रहेको फलामको अध्ययनका क्रममा रहेका छाँै ।’
उनले चाँडै नै अन्वेषण गरेर ती ठाउँमा रहेका फलामको गुण र परिमाण पत्ता लगाउने बताए ।


0 comments
Write Down Your Responses