भारतमा लैजान लागिएका ३ जना युवतीको सीमा नाकाबाट यसरी उद्धार
कञ्चनपुर, आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ ।
काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो ।
“युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ”, माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले भन्नुभयो । उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । रासस


0 comments
Write Down Your Responses