तपाईहरु सुन्दा अचम्म लागला तर बास्तबिक हुन यी आफ्नै बुवाले नै छोरीलाई स्तनपान गराउन थालेपछि हेर्नुस भीडियो सहित
एजेन्सी । अामाले बच्चालाई दुध चुसाउनु त सामान्य नै हो । तर पुरुषले बच्चालाई दुध चुसाएको देख्नु वा सुन्दा पत्यार लाग्नै गार्हो पर्छ । अमेरिकाका एक पिता क्रिस एलिनले बच्चालाई स्तनपान गराएको भिडियो भाइरल बनेको छ ।
श्रीमति दिउसको कार्यालय जान्छिन् । छोरी हेर्ने जिम्मा उनले नै पाएका छन् । छोरीलाई भोक लाग्दा रोएर हैरान पार्छिन । अाफ्नो छोरीलाई फकाउन आफूले लगाएको सर्टमा छाती नजिकै प्वाल पारेर बोतलमार्फत दुध चुसाउने गरेका छन् । त्यसपछि छोरी पनि खुसी। आहा कति राम्रो उपाय ! ‘ममी काममा खट्नु परेकोले ड्याडीले छोरी डेस्टिनीलाई सहयोग गरिरहेका छन्, ’ प्लाष्टिकको बोतलालाई छातीमा टाँसेर दुध चुसाउदै गरेको भिडियो पोेस्ट गरेपछि उनले लेखेका छन् ।
‘स्वभाविक रुपमा दुध चुसाए जस्तो देखिन्छ होइन त,’ उनले आफैलाई सोधेका छन् । उनको भिडियोलाई एक साता नबित्दै झन्डै चार लाखले हेरेका छन् । भिडियोलाई सेयर गर्ने पनि बढ्दै छन् । भिडियोलाई फेसबुकको ब्रेस्टफिडिङ मामा टकमा सेयर गरिएको छ ।
सो भिडियोलाई ७५ हजार पटक सेयर गरिएको छ । लाखौ पटक कमेन्ट गरिएको छ ।
दुध चुसाउने बाबुको तरिकालाई धेरै प्रशंसा गरेका छन् । कसैले व्यंग्य समेत गरेका छन् । हेर्नुस भिडियो


0 comments
Write Down Your Responses