के हो टन्सिल र कसरी बच्ने यसबाट ? पुरा जानी राखौं हेर्नुस भिडियो सहित

चिसो वाचिल्लो खाँदा कुनै न कुनै समय घाँटी दुखेको हामी अनुभव गर्न सक्छौं । ख्याल गर्नुहोस्, घाँटीमा टन्सिल पो बढ्यो कि ! हाम्रो मुखमा जिब्रोको अन्तिम भाग तथा जरोमा दुबै छेउतिर मासुको साना डल्लाहरु हुन्छन् । यसलाई नै टन्सिल भनिन्छ । यो एउटा ग्रन्थी हो । यो ग्रन्थी कुनै किसिमले सुनिन थाल्यो भने हामीलाई टन्सिल हुन्छ । 
यो धेरैजसो सबैलाई हुने भए पनि बच्चा वा १८–२० वर्षका वयस्कहरुलाई हुने गर्दछ । जिब्रोको माथिल्लो भागदेखि कण्ठनलीको माथिल्लो भाग वा फारिनेक्ससम्म सुनिन थाल्दछ र केही निल्दा दुख्न थाल्छ । शरीर पूरा दुख्ने ज्वरो आउने समेत हुन्छ । कसैलाई यो भन्दा बढी समस्याहरु पनि देखिन थाल्दछ । टन्सिल पाक्दै गएमा पिप आउने, सेतो देखिने गर्दछ । यस्तो. अवस्थामा मुख गन्हाउने, खाना, पानी पिउन नहुने हुन्छ । यस्तो समस्या देखिन थालेमा तुरुन्त उपचार गर्न लाउनुपर्दछ । घरमा नै गर्न सकिने उपचारहरु पनि हुन्छन्, जुन घाँटी दुखेमा नुनपानीले कुल्ला गर्ने हाम्रो पुरानो चलन नै छ, फिटकिरी पानीले पनि कुल्ला गर्न सकिन्छ । अदुवा, लसुनपानीले घाँटी गार्गलिङ गरे पनि सञ्चो हुँदै जान्छ । मह र कागतिको रस मिसाई टन्सिल भएको ठाउँमा लगाउँदा राम्रो हुन्छ । 
तातोपानी पिउनु, मुखबाट सास फेर्नु, कपुर मालिस तेल बाहिरबाट लगाउँदा दुखाई कम हुन्छ । तुलसीको पात पकाएर खाँदा ज्वरो हराउने पनि हुन्छ । अर्जवाइनको रस पकाएर खाँदा समेत फाइदा हुन्छ । झोलिलो कुराहरु प्रशस्त मात्रामा खाँदा फाइदा हुन्छ । घाँटीको व्यायम श्वासप्रश्वास सम्बन्धी व्यायाम, योग–सिंहासन, उज्ययी प्रणायाम अनुलम–विलोमले पनि फाइदा गर्छ । साथै गार्हो भइरहेको समस्या कम नभएको अवस्थामा राम्रो चिकित्सकलाई देखाउनुपर्दछ । जडीबुटी, हर्बल आयुर्वेदिक, होमियोप्याथी औषधिले यसलाई निको पार्न त सक्छ तर जथाभावी औषधी भने खानुहुँदैन । रोग भनेको शरीरमा अशुद्धता वा विषको संकेत हो । जब शरीरको कुनै अंगलाई विषले छुन्छ, त्यो भागमा केही न केही संक्रमण बढदछ तर शरीरको सिस्टम अनुसार निको पनि हुन्छ । यसलाई अप्रेसन गर्नु पनि एउटा उपाय हो भने अप्रेशन फेरी अन्तिम उपचार पनि होइन । समस्याको हाँगो काट्दैमा जरो राम्रो हुन्छ भन्न सकिँदैन, बरु अझ बढी समस्या र संक्रमण बढ्ने पनि हुन सक्छ । काटेर फाल्ने कुरा सजिलो भएपनि भरपर्दो हुँदैन । यसको सट्टा हामीलाई अलिकति झमेला भएपनि हाम्रो शरीरमा भएको जीवनशक्तिलाई विकास गर्न सकिन्छ । वृद्धि गर्न सकेन भने शरीरले नै त्यस्तो विष निकालेर फाल्दछ । 
हामी आफूले प्रक्रिया गर्नुभन्दा अर्कोलाई आप्mनो काम गर्न लगाउँदा हामी अझै बढी समस्यामा पछौँ । यसको अर्थ व्यायाम, प्राकृतिक उपचार जीवनशक्ति बढाउँछ र रोग निको हुन्छ । पायल्स, पिनास, नाकको एलर्जीजस्ता समस्या पनि यस्तै समस्याभित्र पर्छन् । पिनास हुने तथा नाकको एलर्जी हुने, रुघाखोकी बढी लागिरहने, नाकबाट सिंगान बगिरहने, नाक बन्द हुने, सिंगान फोहोर घाँटीबाट जाने समस्या यदि भएको छ भने घाँटीको समस्या वा टन्सिलाइटिस हुने समस्या चौगुणा बढी हुन्छ । फोहोरमा हुने स्ट्रोप्टोकोक्रस जस्ता किटाणुले टन्सिलमा संक्रमण गर्दा टन्सिलाइटिस हुने गर्दछ ।
 यो किटाणु फैलिँदै जन्मदै जाने नाकबाट फोहोर कुराहरु घाँटीमा आउने प्रक्रिया भइरह्यो, खानपान पिउनेपानी फोहोर भयो भने पनि यस्तो समस्या हुन्छ । पाचन प्रणालीमा, श्वासप्रश्वासमा हुने खराबीले गर्दा पनि घाँटीको समस्या तथा टन्सिलाइटिस हुने गर्छ । घाँटीको यस्तो समस्या देखिएपछि तुरुन्त साबधानी अपनाउनुपर्छ । विना अपरेसन पनि सञ्चो हुन्छ । 
उपचारका क्रमममा बिरामीले गर्नुपर्ने उपचार तथा होसियार राम्रोसँग गर्नु नै पर्छ । समस्या बल्झिसकेपछि सामान्य रुपमा लिनु हुँदैन । उपचारको लागि लागिहाल्नु पर्दछ । हर्वल औषधीहरु, प्राकृतिक उपचारहरुले र योगजस्ता कुराहरुले धेरै राम्रो प्रतिफल दिने गरेका छन् ।

, , ,

0 comments

Write Down Your Responses